एनसार्कको ३५ औ स्थापना दिवस मनाईयो

१६ पुष २०७४, आईतवार १८:५७
 

सदरलाइनडटकम  
१६ पुस, नेपालगन्ज : एचआईभि एड्स विरुद्ध सचेतिकरण र रोकथामका लागि स्थापित संस्था एनसार्कको ३५ औ स्थापना दिवस मनाईएको छ । एनसार्क एचआईभि एड्स विरुद्ध सचेतिकरण र रोकथामका लागि काम गर्ने नेपाल कै पहिलो संस्था हो ।
आईतबार नेपालगन्जमा आफ्नो ३५ औं जन्मदिन मनाउदै मध्य र सुदूरपश्चिमका विभिन्न जिल्लामा एचआईभी न्युनिकरणका लागि पहल गर्ने उद्देश्यले एचआईभी पत्ता लागेको दुई वर्षपछि सन् १९८३ डिसेम्बर ३१ का दिन नेपालगन्जमा एनसार्कको स्थापना भएको हो ।
स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै एनसार्कका संस्थापक सभापति डा. जिराज शाक्यले पछिल्लो समय लागुऔषध दुव्र्यसनिका कारण युवापुस्ता एड्सको उच्च जोखिममा रहेको बताउए ।
डा. शाक्यले लागुऔषध दुव्र्यसनीसँगै वैदेशिक रोजगारका कारण हुने एचआईभीको जोखिमविरुद्ध प्रभावकारी काम नभएकोले एड्स न्युनीकरण भयो भन्न नसकिने बताए । पछिल्लो समय एचआईभी पीडितलाई हेर्ने दृष्टिकोण भने सकारात्मक बन्दै गएको डा. शाक्यको भनाइ थियो ।
हाल बाँके र दाङ जिल्लामा कार्यक्षेत्र बनाएर काम गरिरहेको एनसार्कले आगामी दिनमा एचआईभिको जोखिमयुक्त क्षेत्रलाई लक्षित गर्दै कार्यक्रम सन्चालन गर्ने जनाएको छ । तस्बीर गुगल


 

Next Post

होटल सिग्नेटमा किशोरी बलात्कृत, दुई पक्राउ

१६ पुष २०७४, आईतवार १८:५७
सदरलाइनडटकम   १७ पुस, नेपालगन्ज : नेपालगन्जको सुर्खेतरोडमा रहेको होटल सिग्नेटको कोठा नं. ३०५ मा बसेकी एक १९ वर्षिया युवती आईतबार बिहान २ बजे बलत्कृत भएकी छन् । पीडित युवती माथि सोही होटलको कोठा नं. ३०१ मा बस्दै आएका सुर्खेतका ४३ वर्षिय निरज गुरुङ्गले बलात्कार गरेको आरोप छ । बाँके प्रहरीले […]