करेन्ट लागेर नेपालगञ्जमा एक व्यवसायीको मृत्यु

सदरलाइन संवाददाता २८ श्रावण २०८०, आईतवार १४:३८
 

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ३ स्थित एकलैनी मोड नजिक गुप्ता भाडा पसलका प्रो. फुल चन्द गुप्ताको आइतबार बिहान ६ बजेतिर करेन्ट लागेर मृत्यु भएको छ । घरको इनभर्टर बनाउने क्रममा करेन्ट लागेर अन्दाजी ४५ वर्षीय फुल चन्द गुप्ताको मृत्यु भएको हो ।

आइतबार बिहान करीब ६ बजेतिर घरको इनभर्टरको तार निकालने क्रममा करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए ।


उपचारका क्रममा भेरी अञ्चल अस्पतालमा उनको मृत्यु भएको उनका छोरा सहिल गुप्ताले जानकरी दिए ।

उनको अन्तिम संस्कार हिन्दु परम्परा अनुसार स्थानीय बुलबुलिया शमशान भुमिमा आइतवार ४ बजे गरिने पारिवारिक स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्ज शहर : टाँगा चल्न छाड्यो, घाँस पनि बिक्री हुन छाड्यो

२८ श्रावण २०८०, आईतवार १४:३८
नेपालगञ्ज : “पानीमा रुझ्दै दिनभरि झाँस खोजेर बल्लबल्ल एक बोरा बनाइन्छ । त्यही पनि साँझ बेच्दा रु पाँच–दशमा बेच्नुपर्छ । हाम्रो मेहनत र मर्का कसले बुझिदिने रु” बाँकेका नेपालगञ्ज उपमहानगरपालिका–८ घसियारन टोलकी गुड्डी घरियार गुनासो गर्छिन् । उनले घाँस बेचेर आएको रु एकदेखि डेढ सयसम्मको कमाइले छ जनाको परिवारलाई पाल्नुपरेको […]