प्रजातान्त्रिक समुह मतदाताहरुसँग भेटघाटमा व्यस्त

सदरलाइन संवाददाता २४ श्रावण २०८०, बुधबार १५:३६
 

नेपालगञ्ज : न्यूरोडका मतदाताहरुसँग नेपालगन्ज उद्योग वाणिज्य संघको नेतृत्वका लागि साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहका उम्मेदवारहरुले भेटघाटलाई तिब्रता दिएका छन् ।

प्रजातान्त्रिक समूहले बुधवार न्यूरोडका मतदाताहरुमाझ पुग्दै आफूलाई नेतृत्व गर्ने अवसर दिन आग्रह गरेको छ ।

अध्यक्ष पदका उम्मेदवार ललित कुमार रौनियारको नेतृत्वमा पुगेको उम्मेदवारहरुले मतदाताहरुसँग भेट्दै आफ्ना कुराहरु राखेको थियो । भेटघाटमा मतदाताहरुले प्रजातान्त्रिक समूहमाथि आशा राखेको दर्शाएका छन् ।


मतदाता सबैको सहभागिता, सबैको आवश्यकता र सबैलाई समान व्यवहार गर्न सक्ने नेतृत्व प्रजातान्त्रिक समूहका उम्मेदवार रहेको भन्दै आफूहरुको साथ सहयोग रहने जनाएका थिए ।

भेटघाटमा उद्योग तर्फका उम्मेदवार मो. सफिक बेहनाले सबैको सहभागिता रहेको र सबै अट्न सक्ने आफूहरुको समूहलाई जिताउनसमेत अनुरोध गरेका थिए । अध्यक्ष पदका उम्मेदवार रौनियारले मतदाताहरुमा आफनो समूहलाई मन पराइरहेको देखिएको बताए ।

उद्योग वाणिज्य संघको यही भदौ २ गते नयाँ नेतृत्वका लागि निर्वाचन तय गरिएको छ । यस क्रममा नयाँ नेतृत्वका लागि प्रजातान्त्रिक समूहले मतदाताहरुसंगको भेटघाटलाई तिब्र बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अन्तर्राष्ट्रिय आदिवासी दिवसमा कोहलपुरमा प्रभात फेरी

२४ श्रावण २०८०, बुधबार १५:३६
कोहलपुर (बाँके) : बाँकेको कोहलपुरमा नेपाल आदिवासि जनजाती महासंघ कोहलपुर नगर कमिटिको आयोजनामा प्रभातफेरी गरिएको छ । बिभिन्न आदिवासि जनजातीका भेषभुषासहित कोहलपुरको न्युरोडबाट शुरु गरिएको प्रभातफेरीले नगरका बिभिन्न भाग परिक्रमा गरेको थियो । आदिवासी जनजाति एक होऔं, आदिवासी जनजाति दिवस सफल पारौं, आदिवासी जनजातिमा सहभागि बनौं जस्ता नारा लगाउदै थारु […]