भारतबाट चामल आयातमा नेपालगञ्ज भन्सारको कडाई

सदरलाइन संवाददाता १८ कार्तिक २०७९, शुक्रबार १३:१९
 

नेपालगञ्ज : बाँकेस्थित नेपालगञ्ज भन्सार कार्यालयले भारतबाट चामल ल्याउन कडाई गरेको छ । घरायसी खर्चका लागि भन्दै सर्वसाधारणले राजस्व नतिरि चामल ल्याएपछि नेपालगञ्ज भन्सार कार्यालयले राजस्व बढाउन चामल ल्याउन कडाई गरेको नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नरबहादुर थापाले बताए ।

घरायसी खर्चका लागि सर्वसाधारणले भारतबाट खुलेआम चामल ल्याउँदा राजस्व घट्नुका साथै नेपालगन्जको ब्यापार ब्यवसायमा समेत असर परेपछि कडाई गरिएको उनले बताए । ‘भन्सार ऐन अनुसार एक बोरा चामलको एक सय रुपैँया राजस्व लिइएको छ । यसले राजस्व बढ्ने नै भयो । भारतबाट चामल ल्याउनेहरु निरुत्साहित हुनेछन्,’ उनले भने ।

भारतबाट चामल ल्याउन भन्सार कार्यालयले गरेको कडाईलाई निरन्तरता दिने नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ । अवैध रुपमा ल्याउने क्रमलाई भंग गर्न र राजस्वको दायरा बढाउन कडाई गर्नुको विकल्प नभएको उनको भनाई छ । घरायसी खर्चका लागि ल्याउनेलाई छुट दिँदा तस्करी बढेको उनको भनाई छ । ‘खुट्टा टेक्ने ठाउँ दिँदा सुत्ने ठाउँ खोज्ने प्रबृत्ती बढ्यो । अहिले नियन्त्रण नगरे झनै समस्या पर्ने देखियो,’ उनले भने ।


नेपालगञ्ज भन्सार कार्यालयले बुधवारदेखि चामल ल्याउन कडाई गरेको हो । बुधवार पहिलो दिन तीनसय २१ वटा प्रज्ञापन पत्र जारी भएको आइटी अफिसर नाथप्रसाद सापकोटाले जानकारी दिए ।

उनका अनुसार मंगलवार एक सय ५३ वटामात्र प्रज्ञापन पत्र जारी भएको थियो । ‘राजस्व संकलनमा खासै अन्तर नभए पनि प्रज्ञापन पत्र जारी भने दोब्बरले बृद्धि भएको रेकर्ड छ,’ उनले भने ।

मंगलवार यात्रा शाखाले एक लाख १८ हजार ७४५ रुपैँया राजस्व संकलन गरेको थियो भने बुधवार एक लाख २२ हजार ६५८ रुपैयाँ राजस्व संकलन भएको सापकोटोले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कँडेलको प्रतिबद्धता पत्र सार्वजनिक

१८ कार्तिक २०७९, शुक्रबार १३:१९
सुर्खेत : नेकपा एमालेका स्थानीय कमिटी सदस्य, कर्णाली इन्चार्ज तथा सुर्खेत निर्वाचन क्षेत्र नम्बर–२ प्रदेश सभा (क) बाट उम्मेदवार यामलाल कँडेलले चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छन् । शुक्रबार आफ्ना चुनावी प्रतिबद्धता सार्वजनिक गर्दै कँडेलले वीरेन्द्रनगरलाई सुरक्षित र आधुनिक सहरका रुपमा विकास गर्न उम्मेदवारी दिएको बताएका छन् । कँडेलले समृद्ध नेपाल, […]