खजुराका मुख्य चोकहरुमा हाईमास्ट लाईट जडान

सदरलाइन संवाददाता १२ श्रावण २०८०, शुक्रबार १४:२५
 

खजुरा (बाँके) : खजुरा गाउँपालिकाले ग्रामीण, शहरउन्मुख बस्तीका मुख्यमुख्य चोकमा हाईमाष्ट लाईटको अवधारणा ल्याएको छ । गाउँपालिकाका ६ स्थानमा हाईमाष्ट लाईट जडान गरिँदैछ ।

बिहीवार राती वडा नम्बर ५ को भट्टी चोकमा हाईमास्ट लाईटको औपचारिक शुभारम्भ गरिएको गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर बिक(तुफान)ले जानकारी दिए ।


वडा नम्बर २ को रिमझिमचोक, ३ को खजुरा बजारस्थित पृथ्वी चोक, ३ र ४ को सीमा एक नम्बर प्रहरी बिट, ६ को सिमलघारी चोक र ८ को रिहार चोकमा हाईमास्ट लाईट जडान गरिएको छ ।

यसबाट चोकको सौन्दर्यकरणसँगै, सवारी दुर्घटना न्यूनीकरण, चोरीका घटनामा कमी आउने अध्यक्ष विकले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा रगत संकलन उत्साहजनक

१२ श्रावण २०८०, शुक्रबार १४:२५
नेपालगञ्ज : बाँकेमा गत आर्थिक वर्ष २०७९/०८० मा १३ हजार युनिटभन्दा बढी रगत संकलन भएको छ । नेपाल रेडक्रस सोसाइटी बाँकेले गत आर्थिक वर्षमा उक्त मात्राको रगत संकलन गरेको रक्तसञ्चार सेवा केन्द्रका लुम्बिनी प्रादेशिक प्रमुख तथा रक्तसञ्चार सेवा व्यवस्थापन समिति बाँकेका सदस्य सचिव उपेन्द्र रेग्मीले जानकारी दिए । प्रमुख रेग्मीले […]