सांसद् राणाद्वारा योग समितिलाई ५० हजार सहयोग

सदरलाइन संवाददाता १० श्रावण २०८०, बुधबार १४:१४
 

नेपालगञ्ज : सांसद डा. धवलशमशेर राणाले योग समितिलाई ५० हजार रकम सहयोग गरेका छन् ।

राज्यको तलब सुविधा नलिने घोषणा गरेका डा. राणाले बुधबार नेपालगञ्जमा योगगुरु गिरिराज भट्टराईलाई ५० हजार हस्तान्तरण गरेका हुन् ।


डा. राणाले जनप्रतिनिधी हुँदा पाउने तलब भत्ता पीडित व्यक्ति, सामाजिक संघ संस्थालाई दिँदै आएका छन् ।

डा. राणाले केही दिनअघि विश्व हिन्दू परिषदलाई ५० हजार दिएका थिए । नेपालगञ्जको दुई पटक मेयर हुँदा पनि डा. राणाले तलब भत्ता सामाजिक काममा खर्चिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा लम्पी स्किनविरुद्धको खोप अभियान तीब्र

१० श्रावण २०८०, बुधबार १४:१४
नेपालगञ्ज : बाँकेका पशु चौपायामा तिव्र गतिमा लम्पी स्किन रोग फैलिंदै गएपछि सोविरुद्धको भ्याक्सिन लगाउने कामलाई पनि तीव्र पारिएको छ । लम्पी स्किन नियन्त्रणका लागि ढिलो गरी प्राप्त भएको खोपलाई तीव्र गतिमा लगाउने काम भइरहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नेपालगञ्जले जनाएको छ । भेटेरिनरी अस्पताल तथा पशु […]

सम्बन्धित