राप्ती नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह

सदरलाइन संवाददाता ९ श्रावण २०८०, मंगलवार १३:२२
 
फाइल तस्बिर

नेपालगञ्ज : जिल्ला विपद व्यवस्थापन समिति बाँकेले राप्ती नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले आज एक सूचना जारी गर्दै राप्ती नदीको बहाब एक्कासी बढेर ५.४५ मिटर माथि पुगेकाले नदी आसपासका बासिन्दालाई सतर्कता अपनाउनुका साथै नदीमा माछा मार्ने, नुहाउने, ओहोरदोहोर गर्ने, दाउरा संकलन गर्ने जस्ता नगर्न आग्रह गरेका छन् ।

राप्ती नदीको माथिल्लो तटीय क्षेत्रमा पछिल्लो १२ घण्टादेखि भारी बर्षा भइरहेको सूचना जल तथा मौसम विज्ञान विभागले दिएको उल्लेख गर्दै आचार्यले सतर्कता अपनाउन आग्रह गरेका हुन् ।


जल तथा मौसम विज्ञान विभागले यस बर्ष राप्तीको कुसुमस्थित जलमापन केन्द्रको थ्रेसहोल्ड परिवर्तन गरी सतर्कता तह ६ मिटर र खतरा तह ७.८ मिटर कायम गरेको छ ।

राप्ती नदीमा पानीले खतरा तह पार गरे राप्तीसोनारी गाउँपालिकाको बैजापुर, बिनौना, फत्तेपुर तथा डुडुवा गाउँपालिकाको होलिया, चौफेरी, बेतहनी, कम्दी लगायत क्षेत्र डुबानमा पर्ने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भेरीमा एमआरआइ मेशिन जडान हुँदै

९ श्रावण २०८०, मंगलवार १३:२२
नेपालगञ्ज : नेपालगञ्जस्थित भेरी अस्पतालमा एमआरआई मेशिन आइपुगेको छ । तीन बर्षदेखिको पहल, प्रयास सार्थक हुँदै सोमबार अबेर राती एमआरआइ मेशिन भेरी अस्पताल परिसरमा आइपुगेको हो । झण्डै २४ करोड हालको मूल्य पर्ने विशिष्ट क्षमताको म्याग्नेटम भिटा सिष्टमको थ्रि टि एमआरआइ मेसिन नेपालगञ्ज आइपुगेको जानकारी दिंदै भेरी अस्पतालले त्यसका लागि आवश्यक अन्य […]

सम्बन्धित