स्वर्गीय मन्त्री सिंहको चैनपुरमा दाहसंस्कार

सदरलाइन संवाददाता ९ असार २०८०, शनिबार १४:५७
 

नेपालगञ्ज : स्वर्गीय आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वी बहादुर सिंह सहित गाडी दुर्घटनामा मृत्यु भएकी उनकी पत्नी अमृता र भाउजु जया सिहंको शनिवार बझाङको सदरमुकाम चैनपुरस्थित डुँग्री घाटमा दाहसंस्कार गरिएको छ ।

स्वर्गीय मन्त्री सिंहको पार्थिव शरीरमा जेठा छोरा आदेश र कान्छा छोरा अभिषेकले दिउसो करीव दुई बजे मुखाग्नी दिए । अन्त्येष्टि अघि नेपाल प्रहरीको ३० जनाको टोलीले स्वर्गीय सिंहप्रति अन्तिम सलामी अर्पण गरेको थियो ।

धनगढीबाट बझाङ जाने क्रममा केदार स्यूँ गाउँपालिका–१ जुवाली खेतमा गाडी दुर्घटनामा परी मृत्यु भएका मन्त्री सिंह सहित तीनै जनाको विदेशमा रहेका जेठा छोरा आएपछि मृत्यु भएको पाँचौ दिन आज चैनपुरमा दाहसंस्कार गरिएको हो ।

दाहसंस्कार अघि स्वर्गीय मन्त्री सिंहको शव चैनपुरस्थित नेपाली काँग्रेस पार्टीमा राखिएको थियो । पार्टी कार्यालयमा आयोजित अन्तिम श्रद्धाञ्जली सभामा सुदूर पश्चिमका मुख्यमन्त्री कमल बहादुर शाह, मन्त्री, पूर्व मन्त्री, नेपाली काँग्रेस तथा बिभिन्न दलका नेता तथा कार्यकर्ता, सर्बसाधारण, शभुेच्छुक र आफन्तहरुले पुष्पगुच्छा अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरेका थिए ।


मुख्यमन्त्री शाहले राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्दै मन्त्री सिंहको निधनले सुदूर पश्चिम प्रदेश सरकार र सुदूर पश्चिमलाई अपुरणीय क्षति भएको बताए ।

मुख्यमन्त्री शाहले मन्त्री सिंहको निधनबाट देशले एक लोकतान्त्रिक योद्धा र असल नेता गुमाएको बताए ।

स्वर्गीय मन्त्री सिंहको पार्थिव शरीरमा अन्त्येष्टि अघि नेपाली राष्ट्रिय झण्डा र पार्टीका तर्फबाट चार तारे झण्डा ओढाईएको थियो । स्वर्गीय मन्त्री सिंहको शवयात्रा र अन्त्येष्टिमा मानवसागर उर्लिएको थियो ।

मन्त्री सिंहको निधन प्रति नेपाली काँग्रेस केन्द्रीय समिति, सुदूर पश्चिम प्रदेश समिति, सुदूर पश्चिम प्रदेश सरकार, नेपाली काँग्रेसका नौ वटै जिल्लाका नेपाली काँगे्रसका पार्टी कार्यालय, नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक लगायतले शोक वक्तव्य जारी गर्दै दुःख व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नैतीकवान् जनशक्ति उत्पादनतर्फ विश्वविद्यालय केन्द्रित हुनुपर्छ : उपकुलपति लामिछाने

९ असार २०८०, शनिबार १४:५७
काठमाण्डौ : नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा.यादवप्रकाश लामिछानेले दक्षमात्र नभई नैतीकवान् विद्यार्थी उत्पादनतर्फ विश्वविद्यालय केन्द्रित हुनुपर्ने बताएका छन् । बाल्मीकि विद्यापीठ काठमाण्डौमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपकुलपति प्रा.डा. लामिछानेले भने, ‘विश्वविद्यालयबाट उत्पादित जनशक्ति दक्षसँगै इमान्दार र नैतीकवान् हुनुपर्छ । यसै मान्यताका साथ विश्वविद्यालयहरु अगाडि बढ्नुपर्छ ।’ नेपाल संस्कृत विश्वविद्यालयले विद्यापीठ […]