भेरीमा एमआरआइ मेशिन जडान हुँदै

सदरलाइन संवाददाता ९ श्रावण २०८०, मंगलवार १३:३०
 

नेपालगञ्ज : नेपालगञ्जस्थित भेरी अस्पतालमा एमआरआई मेशिन आइपुगेको छ । तीन बर्षदेखिको पहल, प्रयास सार्थक हुँदै सोमबार अबेर राती एमआरआइ मेशिन भेरी अस्पताल परिसरमा आइपुगेको हो ।

झण्डै २४ करोड हालको मूल्य पर्ने विशिष्ट क्षमताको म्याग्नेटम भिटा सिष्टमको थ्रि टि एमआरआइ मेसिन नेपालगञ्ज आइपुगेको जानकारी दिंदै भेरी अस्पतालले त्यसका लागि आवश्यक अन्य सामान समेत आइपुगेको जनाएको छ ।

‘भेरीलाई विशिष्टिकृत गर्दै जाने क्रममा आइपुगेको एमआरआइ मेशिन ठूलो उपलब्धी भएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री चापागाईले बताए । मंगलवारदेखि यसको इन्स्टलेशन शुरु हुने पनि उनको भनाइ छ । त्यसका लागि पूर्वधार तयार गर्न यसअघि नै नयाँ भवनमा इमरजेन्सी व्यवस्थापन गरिसकिएको थियो ।


तीन बर्ष अघि डा. प्रकाश थापा मेडिकल सुपरिटेन्डेन्ट रहँदा भेरीमा सेवाको विशिष्टिकृत प्रयासलाई तिव्रता दिइएको थियो । त्यतिबेलै तत्कालीन मेसु डा. थापा नेतृत्वले एमआरआइका लागि गरेको पहल र प्रयासले सार्थकता पाएको हो ।

सम्भवत नेपालमै यति ठूलो लागतको मेशिन खरिदमा खुल्ला प्रतिस्पर्धाबाट ल्याइएको पहिलो हो । १८ लाख ३९ हजार अमेरिकी डलर मूल्यको एमआरआइ मेशिनका लागि डेढ बर्षअघि खुल्ला टेण्डर मार्फत एलसी गरिएको थियो ।

तर, विभिन्न प्रशासनिक झमेला झेलेको खरिद प्रक्रियाले अन्ततः अस्पतालका पक्षमा निर्णय भएपछि सार्थकता पाएको हो । जर्मनीबाट ल्याइएको एमआरआइ मेशिन जुलाई १७ मा काठमाण्डौ झारिएको थियो । स्रोत र साधनबाट यसलाई सञ्चालन गरी आम जनताको स्वास्थ्य सेवामा सहज पहुँच उपलब्ध गराउने विश्वास मेसु चापागाईंको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा बैंकिङ कसुरका ३०५ उजुरी दर्ता

९ श्रावण २०८०, मंगलवार १३:३०
नेपालगञ्ज : बाँकेमा बैंकिङ कसुरका उजुरी दिनको संख्या अत्यधिक बढेको छ । आर्थिक वर्ष ०७९–०८० मा बैंकिङ कसुरका तीन सय पाँचवटा उजुरी परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । आर्थिक वर्ष ०७८–०७९ जम्मा यस्तै प्रकृतिका ७५ वटा उजुरीमात्र परेको जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी नारायण डाँगीले जानकारी दिए । […]