नेपालगञ्ज–१२ मा एमालेद्वारा बेलासपुरमा घरदैलो अभियान

सदरलाइन संवाददाता १८ बैशाख २०७९, आईतवार १७:०४
 

नेपालगञ्ज : आगामी बैशाख ३० गते सम्पन्न हुने निर्वाचनमा आफ्ना पक्षमा मतदान गर्नको एमाले नेपालगञ्ज वडा नं.१२ द्वारा आफ्नो प्रचार अभियानलाई तीब्र पारेको छ ।

यसक्रममा आइतबार बेलापुरका विभिन्न टोलहरुमा उम्मेदवार सहित घरदैलोमा पुगेको वडा अध्यक्षका उम्मेदवार हेमराज गौतम (हरी)ले जनाकारी दिए ।

चुनाव प्रचारका क्रममा काली मन्दीरटोल, कृष्णसार टोल, सानिमा विकास बैंक टोल, कमरसा बाबा पछाडि, शान्तिटोल लगायतका स्थानहरुमा मतदाताको घरदैलोमा पुगेर मत माग्नुको साथै मतदाताका समस्यहरुको बारेमा जानकारी लिएका थिए ।


बेलासपुरको घरदैलोमा वडा अध्यक्षका उम्मेदवार हेमराज गौतम (हरी), सदस्यहरु परमात्मा बर्मा, प्रदीप सापकोटा, ईता शर्मा र बिन्दु कुमारी विक सहित वडाका पुराना तथा अगुवा नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

सो घरदैलो अभियानमा एमाले प्रदेश कमिटी सदस्य डम्बरराज सुवेदी, जिल्ला कमिटी सदस्य मनकुमारी सिलवाल, जगदिश शर्मा देवदत्त ढकाल, नगरकमिटी सदस्य तथा वडा ईन्चार्ज विश्वसेन गौतम, वडा कमिटी अध्यक्ष जनकराम भण्डारी, गंगा लम्साल श्यामसुन्दर अधिकारीलगायतको सहभागिता रहेको थियो ।

मतदाताको अपेक्षा अनुसार आफुहरुले वडाको विकास गर्ने सो अवसरमा एमाले नेपालगञ्ज–१२ का उम्मेदवारहरुले प्रतिबद्धता जनाएको वडा कमिटीका अध्यक्ष भण्डारीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कैलालीमा एक दम्पत्ति मृत फेला

१८ बैशाख २०७९, आईतवार १७:०४
नेपालगञ्ज : कैलालीमा दुई जना मृत फेला परेका छन् । आइतबार जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर १० पहलमानपुरस्थित तुल्सिपुर सामुदायिक वनमा उनीहरु मृत अवस्थामा भेटिएका हुन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार बझाङको जयपृथ्वी घर भएका २८ वर्षीय अमर जोशी र २४ वर्षीया अस्मिता सिंह […]

सम्बन्धित