‘समर लभ’ माघ २५ देखि प्रदर्शनमा आउने

३ माघ २०७५, बिहीबार २१:३५
 

सदरलाइनडटकम,
नेपालगञ्ज : सुबिन भट्टराईको उपन्यास ‘समर लभ’ मा आधारीत रहेको चलचित्र आगामी माघ २५ देखि प्रदर्शनमा आउने भएको छ । नाईटेङ्ग्ल इन्टर्टेन्मेन्टको ब्यानरमा बनेको सो चलचित्र भ्यालेन्टाईन डे लाई लक्षित गरि प्रदर्शनमा आउने भएको हो ।
उपन्यासमा आधारित चलचित्रमा नयाँ अनुहारलाई प्राथमिकता दिईएको छ । आशिष पिया र रेवती क्षेत्रीको मुख्य भुमीका रहेको सो चलचित्रमा इन्दु भण्डारी र खगेन्द्र श्रेष्ठको लगानी रहेको छ भने एकराज तामाङ्ग लाईन प्रोड्युसर रहेका छन ।
गीत सङ्गीत पुष्पन प्रधानको रहेको चलचित्रमा बिनोद अधिकारी कार्यकारी निर्माता रहेका छन भने चलचित्रको डाइरेक्टर मुस्कान ढकाल रहेका छन ।चलचित्रको टोली चलचित्र प्रमोशन गर्नका लागि नेपालगन्ज आईपुगेको हो ।
यसैबीच नेपाली चलचित्र समरलभ हेर्ने दर्शक मध्येबाट २ जना दर्शक थाइल्यान्ड भ्रमण जान पाउने भएका छन । नेपालगन्जमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा समर लभ चलचित्रका प्रोड्युसर मध्येकि इन्दु भण्डारीले जानकारी गराईन ।
उनले भनिन, ‘जति पनि दर्शकले चलचित्र हेर्नहुन्छ उहाँहरुले टिकट सुरक्षित राख्नुपर्ने हुन्छ । चलचित्र प्रदर्शन भएको १ महिना भित्रमा बिक्री भएको टिकट मध्येबाट गोलाप्रथा गरि लक्की ड्र मार्फत देशभरीबाट १ जना दर्शकलाई छान्न पाउने छन् । लक्की ड्रमा सहभागि हुने दर्शकले आफू सङ्ग एक जना साथीलाई थाइल्यान्ड सङ्गै लैजान पाउनेछ तर दर्शकले आफ्नो फेसबुक मार्फत चलचित्रको ट्रेलरलाई लाईक र शेयर गरेको हुनु पर्नेछ ।’


Next Post

पपलाईफ डिजिटल नेपालगञ्जमा

३ माघ २०७५, बिहीबार २१:३५
सदरलाइनडटकम,  नेपालगञ्ज  : नेपालगञ्जको सुर्खेतरोडमा पपलाईफ डिजिटल बिहीबारदेखि सञ्चालनमा आएको छ । कोहलपुरमा रहेको पपलाईफ ईलेक्ट्रोनिक्सको शाखाको रुपमा विस्तार गरीएको हो । बिहिबार नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्य र कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्रबहादुर अधिकारीले संयुक्तरूपमा सो पपलाईप डिजिटलको उद्दघाटन गरेका हुन । कोहलपुर न्युरोडमा संचालन हुँदै आएको […]