दाङमा सरस्वती माविका प्रधानाध्यापक मृत भेटिए

सदरलाइन संवाददाता ४ श्रावण २०८०, बिहीबार १५:५५
 

दाङ : दाङमा सुतिरहेको अवस्थामा प्रधानाध्यापकको मृत्यु भएको छ ।

बबई गाउँपालिका वडा नम्बर ७ चरकमटियामा रहेको सरस्वती माध्यामिक विद्यालयका प्रधानाध्यापक ३७ बर्षीय ललित केसी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजन कुमार गौतमले जानकारी दिए ।


रोल्पाको गंगादेब गाउँपालिका १ घर भइ हाल बबई गाउँपालिका ७ मा डेरा गरि बस्दै आएका प्रधानध्यापक केसी बिहान सुतिरहेको कोठामा मृत अबस्थामा फेला परेको प्रहरीले जनाएको छ । उनी सुगर र प्रेसरको बिरामी थिए । प्रेसरका कारण उनको मृत्यु भएको हुनसक्ने प्रहरीको भनाइ छ ।

प्रधानाध्यापक केसी २०७२ सालदेखि सरस्वती माध्यामिक विद्यालयमा अध्यापन गराउँदै आएका थिए । उनो शव राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पोष्ट मार्टम भएपछि आफन्तीको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्ज डेंगु रोगको उच्च जोखिममा

४ श्रावण २०८०, बिहीबार १५:५५
नेपालगञ्ज : भारतसँग सीमा जोडिएको पश्चिम नेपालको केन्द्रबिन्दु मानिने नेपालगञ्ज उपमहानगरपालिका अहिले डेंगु रोगको उच्च जोखिममा रहेको छ । भारतका विभिन्न सहरमा डेंगुका बिरामी बढ्दैगएको हुँदा भारतबाट नेपाल फर्कनेसँगै डेंगु पनि भित्रिने आशङ्का बढेकाले यो सहर रोगको उच्च जोखिममा पुगेको हो । भारतलगायत नेपालकै विभिन्न जिल्लामा डेंगुका बिरामी देखिन थालेपछि […]