जिल्ला अस्पताल मुगुमा छैन जीवनजल

सदरलाइन संवाददाता २१ मंसिर २०७९, बुधबार १३:२८
 

नेपालगञ्ज : मुगु जिल्ला अस्पतालमा जीवनजलकै अभाव छ । जिल्लाको एक मात्र सरकारी अस्पतालमा जीवनजल अभाव हुँदा बिरामीहरू समस्यामा परेका छन् । सरकारले निशुल्क वितरण गर्दै आएको जीवनजल अहिले मुगु अस्पताल अभाव छ ।

मुगु अस्पतालमा जीवनजलसमेत पाइन छाडेको बिरामीले गुनासो गरेका छन् । औषधि नभएकोले झाडापखाला लागेर जिल्ला अस्पतालमा पुग्ने हो भने पनि बिरामीले जीवनजल पनि नपाउने अवस्था छ ।

झाडापखालाका बिरामी उपचार गर्न अस्पताल आउँदा जीवनजल नपाउने गरेको बताउँछन । अस्पतालमा जीवनजलको अभाव हुँदा जीवनजलको लागि सरकारी अस्पतालले नजिकको औषधि पसलमा किन्न पठाउँछन् ।

झाडापाखालामा मृत्युबाट जोगाउने अचुक औषधिको रुपमा मानिने जीवनजल जिल्लाकै एक मात्र सरकारी अस्पतालमै अभाव हुँदा सम्बन्धित निकायको ध्यान जान सकेको छैन । जिल्ला अस्पताल मुगुमा जीवनजलको अभाव एक महिनादेखि रहेको नाम नबताउने सर्तमा अस्पतालमा कार्यरत एक कर्मचारीले बताए ।


‘हामी बिहानैदेखि बिरामीहरुलाई सेवा प्रदान गरिरहेका छौँ, तर उनीहरूलाई निःशुल्क रुपमा दिनुपर्ने औषधि दिन सकेका छैनौँ’, अस्पतालमा कार्यरत एक कर्मचारीले भने । कर्मचारीका अनुसार एक महिनादेखि अस्पतालमा जीवनजल अभाव भएको छ ।

किन्छुभन्दा समेत बिरामीहरुले पाएको छैन् । ‘जिल्ला अस्पतालमा जीवनजल एक महिनादेखि अभाव छ भन्छन, के हो ? ’ भन्ने प्रश्नमा स्वास्थ्य सेवा कार्यालय मुगुका सूचना अधिकारी पसुराम नेपालीले एक महिनादेखि नभई दुई–तीनदेखि जीवनजल अभाव भएको बताए ।

जिल्ला अस्पताल मुगुमा जीवनजल मात्रै होइन, नेपाल सरकारले निःशुल्क वितरण गर्दै आएको केही औषधिहरु समेत अभाव छ । राज्यबाट ७२ प्रकारभन्दा बढी औषधि निःशुल्क रुपमा उपलब्ध गराउन भनिए पनि मुगुमा ५० देखि ६० प्रकारका मात्रै औषध पाउने गरेका स्वास्थ्य सेवा कार्यालय मुगले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लुम्बिनी प्रदेशमा २९ सिटसहित एमाले सबैभन्दा ठूलो दल

२१ मंसिर २०७९, बुधबार १३:२८
नेपालगञ्ज : प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको पनि नतिजा आएको छ । लुम्बिनी प्रदेशमा एमाले सबैभन्दा ठूलो पार्टी भएको छ । प्रत्यक्षतर्फ १८ सिट जित हात पारेको एमालेले समानुपातिकतर्फ ११ सिट प्राप्त गरेको छ । त्यस्तै प्रत्यक्षतर्फ १७ सिट प्राप्त गरेको कांग्रेसले समानुपातिकमा १० सिट प्राप्त गरेको छ । […]