सदरलाइनडटकम,
दाङ : देउखुरीमा बेवारिसे महिलाको शव फेला परेको छ । लमही नगरपालिका वडा नम्बर ७ उचानिम्बु सामुदायिक वन भित्र अन्दाजी ३० वर्षीया बेवारिसे महिलाको शव शुक्रवार दिउँसो फेला परेको ईलाका प्रहरी कार्यालय अमिलियका प्रहरी निरिक्षक खिमबहादुर घर्ती मगरले जानकारी दिए ।
स्थानीयहरू च्याउ जंगलमा गएको बेला शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव कस्को हो, कसरी मृत्यु भयो भन्नेबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । लमही नगरपालिका वडा नम्बर ७ उचानिम्बु स्थित पूर्वपश्चिम राजमार्गदेखि करीब ५० मिटर जंगलभित्र कुहिएको अवस्थामा शव फेला परेको हो ।
