करेन्ट लागेर बैतडीमा दाजुभाइको मृत्यु

सदरलाइन संवाददाता २१ श्रावण २०७८, बिहीबार १५:३९
 

बैतडी : जंगली बँदेलको लागि छाडिएको करेन्ट लागेर बैतडीमा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको सुर्नया गाउँपालिका ५ स्वालीका २१ वर्षीय सन्तोष चन्द र १८ वर्षीय अमृत चन्द रहेका छन् ।

बुधबार राति पौने ११ बजे घर नजिकै रहेको मकैबारीमा जंगली बँदेलको लागि छाडिएको बिजुलीको तारबाट करेन्ट लागेर दुबैजनाको मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए ।


उनले भने, ‘जंगली बदेल मार्नका लागि मकैबारीमा करेन्ट छोडेको रहेछ,उनीहरु बँदेल धपाउन मकैबारी गएका बेला करेन्ट लागेको भन्ने बुझिएको छ ।’

करेन्ट लाग्ने बित्तिकै दुबैजनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक दुवैजना सहोदर भाइ हुन् । जिल्लाका सबैजसो स्थानमा लगाएको मकैबाली जंगली जनावरले नष्ट गर्न थालेकोले किसानहरुलाई मकैबाली जोगाउन धौधौ परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा कोरोना संक्रमित बृद्धि हुँदै गएपछि न्यूनिकरणको लागि आवश्यक तयारी तीब्र पारिदै

२१ श्रावण २०७८, बिहीबार १५:३९
नेपालगन्ज  : बाँकेमा पछिल्लो सातादेखि फेरि कोरोना संक्रमणको ग्राफ उकालो लाग्दै गएपछि जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठक बसेर आवश्यक तयारीको बारेमा छलफल गरेको छ । सक्रिय संक्रमितको संख्या ३५ जनामा झरेको बाँकेमा साउनको दोस्रो सातादेखि पुनः क्रमिक रुपले बढ्दै बिहीबारसम्म सक्रिय संक्रमितको संख्या १ सय १६ जना पुगेको हो […]

ताजा अपडेट