सात लाख भारतीय नोटसहित एक पक्राउ

१८ आश्विन २०७६, शनिबार १४:५७
 

सदरलाइनडटकम,
कपिलवस्तु : भारतीय अवैध रकमसहित कपिलवस्तुमा एकजना पक्राउ परेका छन् । शसस्त्र प्रहरी कपिलवस्तुको टोलीले शरीरमा लुकाईछिपाई भारत लैजाँदै गरेको ७ लाख ६० हजार ६ सय ५० भारतीय रुपैयाँसहित एक व्यक्तिलाई पक्राउ गरेको हो ।
सशस्त्रको टोलीले कृष्णनगरको लिंकगेटस्थित चेकपोष्टबाट चेकजाँचका क्रममा लुकाईछिपाई कम्मरमा बाधेर भारततर्फ सो रकम लैजादै गर्दा दाङको तुलसीपुर उपमहानगरपालिका ८ का कृष्ण बहादुर ओलीलाई पक्राउ गरेको हो ।
नियन्त्रणमा लिइएका ओलीबाट २ हजार, १ हजार, ५ सय र १ सय तथा ५० दरका नोट गरि सो परिमाणमा भारतिय मुद्रा फेला परेको र उनलाई थप कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालयमा पठाइएको सशस्त्र प्रहरी नम्बर २८ गणका गणपति सशस्त्र प्रहरी उपरिक्षक जनक पुरीले जानकारी दिए ।

Next Post

५५०औं श्रीगुरूनानक जयंती (प्रकाशपर्व) सदभाव एकताको संदेश दिन्दै नेपालगञ्जमा धूमधामका साथ

१८ आश्विन २०७६, शनिबार १४:५७
सदरलाइनडटकम, नेपालगञ्ज : शिख समुदायका प्रवर्तक श्रीगुरुनानकको ५५०औ प्रकाश वर्ष जन्मजयन्तीको लागि काठमाण्डौको बालाजु नानक मठबाट नेपालगञ्ज आई पुगेको शोभायात्रालाई ओमकार परिवारका अध्यक्ष दीपक लोध तथा नेपाल मुहर्रम समिति अध्यक्ष मेराज अहमद हिमालय, समाजसेवी रहमान मिया संविधान सभा सदस्य अब्दुल हमीद सिद्दीकी, मौलाना कलीम आरफी, मोहम्मद सारिक, हाजी कदीर अंसारीलगायत […]