सर्पको टोकाइबाट बाँकेमा एक महिलाको मृत्यु

सदरलाइन संवाददाता २० असार २०८०, बुधबार १२:४३
 

नेपालगञ्ज : बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर २ रामनगरमा सर्पको टोकाइबाट एकको मृत्यु भएको छ । बेलास गोडियाकी श्रीमती ५० वर्षीया कृष्णवति गोडियाको सर्पको टोकाइबाट मृत्यु भएको हो ।


कृष्णवति गोडिया आफ्नै भान्सा घरमा खाना पकाई रहेको अवस्थामा सर्पले टोकेपछि बेहोस भई उपचार गर्न लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरी चौकी बेतहनीका प्रहरी सहायक निरीक्षक श्याम कुमार कुमालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्ज विमानस्थलमा डिजिटल प्रणाली सञ्चालन

२० असार २०८०, बुधबार १२:४३
नेपालगञ्ज : बाँकेको नेपालगञ्ज विमानस्थलमा मौसमको जानकारीका लागि डिजिटल प्रणाली सञ्चालनमा ल्याइएको छ । पश्चिममा धेरै विमानस्थललाई समेत उपयोग हुने गरी नागरिक उड्डयन प्राधिकरण र जल तथा मौसम विभागको सहकार्यमा उक्त प्रणाली सञ्चालनमा ल्याइएको हो । नेपालगञ्जबाट हुँदै आएको विभिन्न गन्तव्यका उडान अघि मौसमीबारे जानकारीका लागि डिजिटल प्रणाली सञ्चालनमा ल्याइएको […]