एसीसी यु–१६ मा मलेसियालाई हराउँदै नेपालको ह्याट्रिक

सदरलाइन संवाददाता १९ असार २०८०, मंगलवार १५:४०
 

नेपालगञ्ज : नेपालले मलेसियालाई २२१ रनले पराजित गर्दै एसीसी यू–१६ इस्ट जोन कप क्रिकेट उपाधिमा लगातार ह्याट्रिक गरेको छ ।

लगातार तेस्रो उपाधि जित्ने क्रममा नेपालले आज घरेलु टिम मलेसियालाई २२१ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

जितका लागि २५३ रनको फराकिलो चुनौती पछ्याएको मलेसियाले ३१ रनमात्र बनाउन सक्यो । उसले १४।५ ओभरमात्र क्रिजमा टिकेर ३१ रन बनाएको हो ।

मलेसियाका लागि मुहम्मद अक्रमले सर्वाधिक १० रन बनाएको इनिङ्सलाई सस्तैमा समेट्ने क्रममा कप्तान अभिशेक तिवारीले ६ ओभरमा १ मेडन राख्दै ७ रन खर्चेर ५ विकेट लिए ।

त्यस्तै सन्तोष यादवले ३ ओभरमा २ मेडन राख्दै ९ रन खर्चेर ३ विकेट लिए । सागर गैरेले ५ ओभरमा १३ रन खर्चेर १ विकेट लिए । त्यस्तै अशोक धामीले ५ बल गर्दै १ रन दिएर १ विकेट लिए ।


मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै २५२ रन बनायो । नेपालले निर्धारित ३५ ओभरमा ८ विकेटको क्षतिमा २५२ रन बनाएको हो ।

नेपालका लागि नरेनले शानदार शतक बनाए । उनले ८९ बलमा २ छक्का १० चौकाको मद्धतले अविजित रहँदै ११२ रन बनाए ।

निरजकुमार यादवले ४९ बलमा ४७, सन्तोष यादवले २९ बलमा २६ तथा सूयाँशु कोइरालाले २३ बलमा १८ रन बनाए । मुहम्मद अक्रमले ३ विकेट लिए ।

सेमिफाइनल खेलमा नेपालले सिंगापुरलाई तथा मलेसियाले हङकङलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो । समूह चरणमा नेपालले मलेसियालाई ८४ रनले हराउँदै समूह विजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सर्पको टोकाइबाट बाँकेमा एक महिलाको मृत्यु

१९ असार २०८०, मंगलवार १५:४०
नेपालगञ्ज : बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर २ रामनगरमा सर्पको टोकाइबाट एकको मृत्यु भएको छ । बेलास गोडियाकी श्रीमती ५० वर्षीया कृष्णवति गोडियाको सर्पको टोकाइबाट मृत्यु भएको हो । कृष्णवति गोडिया आफ्नै भान्सा घरमा खाना पकाई रहेको अवस्थामा सर्पले टोकेपछि बेहोस भई उपचार गर्न लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरी […]