सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेमा सडक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बैजनाथ गाउँपालिका–५, जिगाउँमा भएको सडक दुर्घटनामा सुर्खेत लेकबेसी नगरपालिका–१ का बिक्रम गहतराज र गुर्भाकोट–१२ का मदन सुनारको मृत्यु भएको हो ।
सम्झाना चोक जाँदै गरेको बालज्योती बोर्डिङ् स्कुलको बा १ क ४४९५ नम्बरको बस र बाँसगढीबाट कोहलपुरतर्फ आउँदै गरेको लु ४३ प ९५९९ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुबै जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक मानबहादुर बिसीले बताए ।
दुर्घटनामा गम्भीर घाइते भएका दुबै जनालाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुर पुर्याइए पनि चिकित्सकहरुले उनीहरुलाई मृत घोषित गरेका थिए । प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको बिसीले जानकारी दिए ।
Next Post
लागु औषधविरुद्ध खजुरामा सांस्कृतिक कार्यक्रम
२ पुष २०७५, सोमबार १८:२५
सम्बन्धित
-
११ आश्विन २०७७, आईतवार १५:४४
किशोरीको क्षमता विकासका लागि उद्घोषण तालिम
-
३१ भाद्र २०८०, आईतवार १५:४९
बाँकेमा तीनवर्ष दुई महिनामा २ सय ३० ले गुमाए सडक दुर्घटनामा ज्यान
-
९ असार २०७८, बुधबार ०८:३३
टियुको स्थगित परीक्षा साउनबाट, परीक्षा फाराम अनलाइनबाट
-
६ फाल्गुन २०७९, शनिबार १३:२४
लैङ्गिक समानताबारे क्षमता अभिबृद्धि कार्यक्रम सम्पन्न
-
१ आश्विन २०७५, सोमबार २०:१४
ब्राउनसुगर र नगदसहित भारतीय नागरिक प्रहरी नियन्त्रणमा
-
२९ जेष्ठ २०७९, आईतवार १५:१९
काँग्रेस पार्टी कार्यालयमा लगाइएको ताला १२ दिनपछि खुल्यो