बकरईदको अवसरमा असार १४ गते सार्वजनिक विदा

सदरलाइन संवाददाता १२ असार २०८०, मंगलवार १४:५९
 

नेपालगञ्ज : सरकारले बकर ईदको अवसरमा असार १४ गते सार्वजनिक विदा दिएको छ । गृह मन्त्रालयले मंगलवार सूचना जारी गरेर असार १४ गते सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिएको हो ।


ईद उल अजाह अर्थात् बकर ईद मुस्लिम समुदायको महान पर्व हो । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औं दिनमा बकर ईद मनाउने धार्मिक विधि छ । यस दिन इस्लाम धर्मावलम्बीले बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रधानमन्त्री स्वरोजगार कार्यक्रमबारे सूचना माग

१२ असार २०८०, मंगलवार १४:५९
नेपालगञ्ज : प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत बाँकेको नरैनापुर गाउँपालिकामा व्यापक अनियमितता भएको जनगुनासो आएपछि सोको बारेमा सूचना माग गरिएको छ । सुचनाको हक सम्बन्धी ऐन २०६४ र नेपालको संविधान २०७२ को धारा २७ अनुसार सूचना अभियन्ता बाँके नरैनापुर–१ का अरुण तिवारीले सूचना माग गरेका हुन् । नागरिकको थाहा पाउने अधिकार अन्र्तगत […]