नेपालगञ्जमा खुल्यो रेडचिल्ली फ्लोरा रेष्टुरेन्ट

सदरलाइन संवाददाता ११ असार २०८०, सोमबार १३:३०
 

नेपालगञ्ज : रेष्टुरेन्ट क्षेत्रमानौलोपन थप्ने प्रयास गर्दै नेपालगञ्जमा रेडचिल्ली फ्लोरा रेष्टुरेन्ट एण्ड बार खुलेको छ । नेपाल उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य एवम् नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी चुन्नाले रेडचिल्ली फ्लोरा रेष्टुरेन्ट एण्ड बारको उद्घाटन गरे ।

दुईजना युवाहरुको लगानीमा नेपालगञ्जको मुख्य ठाउँमा नयाँ रेष्टुरेन्ट खुल्नु खुशीको कुरा भएको उनले बताए । आर्थिक मन्दीले बजार खस्कदो अवस्थामा रहेको बेला रेष्टुरेन्टको शुरुआत हुनुले अब नेपालगञ्जमा आर्थिक अवस्था चलायमान हुँदैछ भन्ने संकेत गरेको चुन्नाले बताए ।

उनले भने,‘रेष्टुरेन्ट सञ्चालन गर्न लगानीकर्ताले निकै मिहिनेत गर्नु भएको छ । रेष्टुरेन्ट हेर्दा काठमाडौं र विदेशी शैलीमा देखिन्छ । व्यवस्थापन राम्रो छ । रेष्टुरेन्टको सफलताको शुभकामना छ ।’


उद्घाटन कार्यक्रममा विशेष अतिथीका रुपमा आएका जयमंगलम सिमेन्ट प्रालिका अध्यक्ष संजय अग्रवालले युवाहरुले नयाँ उत्साहका साथ व्यवसायमा लगानी गर्नु भएको नेपाली अर्थतन्त्रको लागि सकारात्मक कुरा भएको बताए ।

रेष्टुरेन्टको सफलताको शुभकामना दिँदंै अग्रवालले पछिल्लो समयमा युवा पुस्ताले व्यापार व्यवसायमा निकै मिहिनेतका साथ लगानी गरिरहेको भन्दै यसले नेपालको आर्थिक उन्नतीमा सहयोग गर्ने बताए ।

नेपालगञ्ज उप–महानगरपालिका धम्बोझीस्थित कालपृष्ठ दैनिकको प्रधान कार्यालय भएको भवनको तेस्रो तल्लामा खुलेको रेष्टुरेन्टको सजावट निकै आकर्षक देखिन्छ । युवा व्यवसायी प्रविण सोडारी र दिनेश तिरुवाले संयुक्त रुपमा लगानी गरेर रेष्टुरेन्टको शुरुआत गरेका हुन् । करिब ७० लाखको लगानीमा रेष्टुरेन्ट खुलेको सञ्चालक प्रविण सोडारीले बताए । रेड चिल्ली फ्लोरा रेष्टुरेन्ट एण्ड बारको मुख्य विशेषताको रुपमा लाईभ म्युजिकसँगै नेपाली, चाइनिज, इन्डियन परिकार पाईने सञ्चालकले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लागुऔषध बिरुद्ध नेपालगञ्जमा प्रभातफेरी

११ असार २०८०, सोमबार १३:३०
नेपालगञ्ज : लागुऔषध बिरुद्धको ऐक्यवद्धता, ब्यक्ति समाज र राष्ट्रको प्रतिवद्धता” भन्ने मुल नाराका साथ ३६ औं लागुऔषध बिरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा नेपालगञ्जमा बृहद् प्रभातफेरी कार्यक्रम गरिएको छ । कार्यक्रममा बाँकेका स.प्र.जि.अ., नेपाल प्रहरीका अधिकृत तथा जवान, सशस्त्र प्रहरीका अधिकृत तथा जवान, लागुऔषध बिरुद्ध काम गर्ने बिभिन्न निकाय तथा संघ सस्था, […]