राष्ट्रपतिद्धारा देउबा प्रधानमन्त्रीमा नियुक्त

सदरलाइन संवाददाता २९ असार २०७८, मंगलवार १५:३२
 

नेपालगञ्ज : नेपाली कांग्रेसका सभापति शेर बहादुर देउबा प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई मंगलवार दिउँसो प्रधानमन्त्री नियुक्त गरेकी हुन् ।

सर्वोच्च अदालतले मंगलवार साँझ ५ बजेसम्म देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सोमवार परमादेश दिएको थियो । परमादेश अनुसार राष्ट्रपति भण्डारीले देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुभएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।

देउवाको शपथ ग्रहण साँझ ६ बजेका लागि तोकिएको अधिकारीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोनाबाट भेरी अस्पतालमा दुई जनाको मृत्यु

२९ असार २०७८, मंगलवार १५:३२
नेपालगञ्ज : भेरी अस्पताल नेपालगञ्जमा कोरोना संक्रमित थप दुईजनाको मृत्यु भएको छ । अस्पतालमा उपचारका क्रममा ठाकुरबाबा नगरपालिका ४ बर्दियाका ६३ वर्षीया महिला र बर्दियाकै राजापुर नगरपालिका १० का ६५ वर्षीय पुरुषको मृत्यु भएको हो । जिल्ला कोभिड–१९ व्यवस्थापन समितिका अनुसार संक्रमण पुष्टि भएपछि उपचारका लागि असार २५ गते भेरीमा […]

सम्बन्धित