कोहलपुर नगर शिक्षा शाखामा अनिश्चितकालिन तालाबन्दी

सदरलाइन संवाददाता ४ असार २०८०, सोमबार १३:५६
 

कोहलपुर (बाँके) : बाँकेको कोहलपुर नगरपालिका नगर शिक्षा शाखा अनिश्चितकालिन तालाबन्दी भएको छ ।

अनेरास्ववियू (क्रान्तिकारी) ले आफ्ना मागहरु पुरा नभएको भन्दै कोहलपुर नगरपालिका नगर शिक्षा शाखा अनिश्चितकालिन तालाबन्दी गरेको हो । ८ बुँदामा रहेका मागहरुलाई सम्बोधन नभएसम्मका लागि आफुले लगाएको तालाबन्दी तोडफोड भए वा अन्य कुनै गतिविधि भएमा त्यसको क्षति स्वयम नगर शिक्षा शाखाले व्यहोर्ने अनेरास्ववियू(क्रान्तिकारी)का बाँके संयोजक विश्वजितले बताए ।


‘महिनौं पुगिसक्दा समेत स्थानिय सरकार र त्यसको शिक्षा शाखाले उक्त मागहरु प्रति सामान्य छलफल र बहसद्धारा हल नै नगरी वेवस्था गर्नुले शैक्षिक व्यापारी प्रति स्थानीय सरकारको लचकता, निरिहता र शिक्षाप्रतिको गैरजिम्मेवारपुर्ण रबैया प्रकट गरेको छ,’ ‘यसप्रति हाम्रो संगठनलाई थप गम्भीर एवम् आक्रोशित बनाउदैं दोस्रो चरणको संघर्षको कार्यक्रम अन्तर्गत स्थानिय सरकारको शिक्षा शाखामा अनिश्चितकालिन तालाबन्दी गरेका हौं,’ उनले भने ।

यस्तै शिक्षा शाखाका प्रमुख रामबहादुर हमालले नगर शिक्षा शाखा अन्तर्गत नभएको र नगरपालिका र राष्ट्रिय स्तरबाट सम्बोधन हुने खाल्का मागहरु भएकोले यहाँबाट समन्वय मात्र गरिरहेका बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

तक्षशिला एकेडेमीमा सिर्जनात्मक लेखन कार्यशाला सम्पन्न

४ असार २०८०, सोमबार १३:५६
कोहलपुर (बाँके) : कोहलपुर नगरपालिका वडा नं. १० मा रहेको तक्षशिला एकेडेमीको आयोजनामा एक दिने सिर्जनात्मक लेखन कार्यशाला सम्पन्न भएको छ । विद्यालयमा अध्यनरत बालबालिकाहरुलाई बाल कविता, बाल कथा, चित्रकला, निबन्ध, गजल तथा मुक्तक लेख्न तथा बाचन गर्न सिकाउने अभिप्रायले आयोजित उक्त सिर्जनात्मक लेखन कार्यशाला गोष्ठिमा कार्यक्रमका प्रमुख अतिथी एबं […]