नगर भवनमा शपिङ कम्लेक्श निर्माण हुने

सदरलाइन संवाददाता २० कार्तिक २०७७, बिहीबार १६:५४
 

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाले जीर्ण अवस्थामा रहेको नगर भवनमा अत्याधुनिक शपिङ कम्पलेक्श निर्माण गर्ने भएको छ । मेयर डा. धवलशम्शेर राणाको अध्यक्षतामा बिहीवार बसेको कार्यपालिका बैठकले शपिङ कम्पलेक्श निर्माणका लागि डिपिआर तयार गर्ने निर्णय गरेको छ ।


नेपालगञ्ज उपमहानगरपालिकाका प्रबक्ता प्रमोद रिजालका अनुसार अण्डरग्राउण्ड पार्किङसहितको शपिङ कम्पलेक्श निर्माण गर्ने योजना रहेको छ । यसैगरी कार्यपालिका बैठकले बागेश्वरी मन्दिरको पूर्वतर्फ रहेको खाली जग्गामा चिल्डे«न पार्क निर्माण गर्ने निर्णय गरेको छ । चिल्ड्रेनपार्कसहित ब्यवस्थित पार्किङस्थलसमेत बनाइने भएको छ ।

Next Post

मागप्रति सरकार गम्भिर नभए आन्दोलन गर्ने चेतावनी

२० कार्तिक २०७७, बिहीबार १६:५४
कैलाली : थरुहट थारुवान राष्ट्रिय मोर्चाले टीकापुरमा पत्रकार सम्मेलन गरि आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । पहिचानको आधारमा संघीय व्यवस्था लागुु हुनुपर्ने भन्दै लम्मो समयदेखि संघर्षरत मोर्चाले उठान गरेको १४ बुँदे माग मुद्दा प्रति सरकार गम्भिर नभए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । थरुहट थारुवान राष्ट्रिय मोर्चाका केन्द्रीय संयोजक […]