बाँकेमा एक वर्षमा एचआईभी एड्सका ११७ नयाँ संक्रमित थपिए

सदरलाइन संवाददाता १४ मंसिर २०७८, मंगलवार १९:४८
 


नेपालगञ्ज : बाँकेमा एक वर्षको दौरानमा १ सय १७ जना नयाँ एचआईभी एड्स संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय बाँके, भेरी अस्पताल र सो क्षेत्रमा क्रियाशिल संस्था एएचएफले विश्व एड्स दिवसको पूर्व सन्ध्यामा आयोजना गरेको अन्तरक्रियाका क्रममा सो कुरा जानकारीमा आएको हो ।

स्वास्थ्य कार्यालय बाँकेका एचआइभी फोकलपर्सन मानव नेपालीले बाँकेमा एक वर्षको अन्तरालमा १ सय १७ जना नयाँ संक्रमित थपिएको जानकारी दिए ।

सो कार्यक्रममा भेरी अस्पतालका फोकलपर्सन डा.संकेत रिसालले एड्सलाई न्यूनिकरण गर्न सचेतिकरणका कार्यक्रम सबै ठाउँमा पु¥याउनु पर्ने बताए ।

उनले संक्रमित निरन्तर चिकित्सकको सम्पर्कमा रहेर उपचारमा आएमा न्युनिकरण हुँदै जाने र अन्यलाई जोखिम समेत कम हुने बताए । भेरी अस्पताल नेपालगञ्जमा अहिले ५ सय २६ जनाले नियमित एआरटी सेवा लिइरहेका उनले जानकारी दिए ।


स्वास्थ्य कार्यालय बाँकेको तथ्याङ्क अनुसार २०७४/७५ मा ५० जना नयाँ संक्रमित थप भएकोमा २०७५/०७६ मा ८९ जना २०७६/२०७७ मा ११६ जना र २०७७/ २०७८ मा ११७ जना नयाँ संक्रमित थप भएका छन् ।

बाँकेमा वि.स २०७४–७५ मा १ हजार १२ जना, ०७५–७६ मा १ हजार १ सय १ जना, ७६–७७ मा १ हजार २ सय १७ जना र ७७–७८ मा १ हजार ३ सय ३४ जनामा एचआइभी एड्सको संक्रमण देखिएको छ । यो गएको आर्थिक वर्ष ७६–७७ को भन्दा १ जनाले बढी हो । सो कार्यक्रमको एएचएफका सञ्जय पौडेलले सहजिकरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विश्व एड्स दिवसमा नेपालगञ्जमा विभिन्न कार्यक्रम

१४ मंसिर २०७८, मंगलवार १९:४८
नेपालगञ्ज : ‘असमानता हटाऔं, एड्स अन्त्य गरौँ’ भन्ने नाराका साथ बुधवार ३४ औं विश्व एड्स दिवस, बाँकेमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइएको छ । स्वास्थ्य कार्यालय बाँकेको आयोजनामा भेरी अस्पताल परिसरबाट निकालिएको ¥याली बसपार्कमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई स्वास्थ्य कार्यालय बाँकेका एचआइभी फोकलपर्सन मानव नेपाली, नेपालगञ्ज उपमहानगरपालिकाका […]