पौडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु

सदरलाइन संवाददाता ३० जेष्ठ २०८०, मंगलवार १६:३०
 

नेपालगञ्ज : बाँकेको खजुरा गाउँपालिकास्थित पुरैनानजिकै मानखोलामा दुई जना बालबालिकाको खोलामा डुबेर मृत्यु भएको छ ।

गर्मीका कारण खोलामा पौडी खेल्न गएका बाँके खजुरा गाउँपालिका वडा नम्बर ६, पुरैनाका १८ वर्षीया लक्ष्मी डाँगी र ९ वर्षका किरण नेपालीको बाँके र बर्दियाको सीमानामा पर्ने मानखोलामा डुबेर डुबेर मृत्यु भएको हो ।


चार जना मिलेर खोलामा पौडी खेल्न गएका थिए । दुई जना डुबेपछि घरपरिवार र प्रहरीलाई खबर गरिएको थियो ।

खजुरा इलाका प्रहरी कार्यालय, धनौलीका इन्चार्ज सन्दीप बेल्वासेका अनुसार, लक्ष्मीको शव केही बेरमै भेटिएको थियो भने किरणको शव दुई घण्टापछि भेटिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जको रैथाने परिकारको लागि रात्रीकालिन बजार सञ्चालन गरिदै

३० जेष्ठ २०८०, मंगलवार १६:३०
नेपालगञ्ज :  नेपालगञ्जको रैथाने परिकारको बजार पवद्र्धन गर्ने उद्देश्यका साथ नेपालगञ्ज बजार खास गरी त्रीभुवन चोक क्षेत्र अब राती ११ बजेसम्म खुलाउने गरी तयारी अघि बढाईएको छ । असार १५ गतेदेखि संचालन हुने ’स्ट्रीट फुडलेन’ लाई मध्यनजर गर्दै राती ११ बजेसम्म बजार खुल्ने भएको हो । नेपालगञ्ज उद्योग बाणिज्य संघ, […]

सम्बन्धित