एक लाख ९४ हजार अमेरिकी डलरसहित एकजना पक्राउ

सदरलाइन संवाददाता ११ मंसिर २०७८, शनिबार १५:३३
 

नेपालगञ्ज : प्रहरीले पोखराबाट एक लाख ९४ हजार २ सय अवैध अमेरिकी डलरसहित एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले शनिबार मुस्ताङ लो–घेकर दामोदरकुण्ड गाउँपालिका १ घर भएका ४४ वर्षीय छिरिङ डुन्डु गुरुङलाई पक्राउ गरेको हो ।


विशेष सूचनाका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । पक्राउ परेका माथि थप अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा आईटीएफ प्रतियोगिता हुने

११ मंसिर २०७८, शनिबार १५:३३
नेपालगञ्ज : बाँके जिल्ला तेक्वान्दो (आईटिएफ) संघले बाँकेमा नगरस्तरीय तेक्वान्दो प्रतियोगिता गर्ने भएको छ । आयोजकले शनिवार नेपालगञ्जमा पत्रकार सम्मेलन गर्दै नेपालगञ्ज रंगशालामा प्रतियोगिता आयोजना हुने जानकारी दिएको हो । मंसिर २४ र २५ गते नगरस्तरीय तथा बाँके जिल्लाका आईटिएफ खेलाडीहरुका लागि प्रतियोगिता हुन लागेको खेलका संयोजक रंजित गिरिले जानकारी […]