इटहरीस्थित सामसुङको शो रुममा आगलागी

२१ कार्तिक २०७५, बुधबार १५:०५
 

सदरलाइनडटकम,
सुनसरी : इटहरी ६ स्थित धरान रोडमा रहेको एक पसलमा आगलागी भएको छ । बुधवार दिउँसो साढे एकबजे लागेको आगो नियन्त्रणका गर्न सुनसरीको धरान, इनरुवा, इटहरी, मोरङको बिराटनगर, सुन्दरहरैचाको दमकल पुगेका छन् ।
प्रहरीका अनुसार सामसुङको शो रुम रहेको घरमा आगो लागेको हो । आगलागीको कारण खुल्न सकेको छैन । आगो नियन्त्रण निभाउनका लागि प्रहरी र ठूलो संख्यामा नगरबासीहरू पनि लागेका छन् । आगलागी नियन्त्रणको प्रयास जारी रहेको इलाका प्रहरी कार्यलय इटहरीका प्रहरी नायब उपरीक्षक शिव श्रेष्ठले बताए ।

Next Post

जीपभित्र दियो बाल्दा बालकको मृत्यु

२१ कार्तिक २०७५, बुधबार १५:०५
सदरलाइनडटकम, सर्लाही : दीपावलीमा जीप भित्र दियो बालेर राखेपछि सर्लाहीमा जीप जलेर नष्ट भएको छ भने एक बालकको मृत्यु भएको छ । ब्रम्हपुरी गाउँपालिका ७ नोकेलवामा जीपमा दीपावलीको बत्ती बाल्दा जीप नै जलेर नष्ट भएको हो । जीपभित्र सुतेका एक बालकको मृत्यु भएको छ । घरको आगनमा पार्किङ गरेर राखेको बीआर […]