नेपालगञ्जमा पनि मनाइयो गाईजात्रा

सदरलाइन संवाददाता ७ भाद्र २०७८, सोमबार १४:२१
 

नेपालगञ्ज : भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ सोमबार विभिन्न कला, झाँकीसहित नेपालगञ्जमा पनि मनाइएको छ ।

नेवा सामुदायको एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा मानिसलाई सिँगारी र हातमा तस्बिर लिएर र्याली नेपालगञ्जको धम्बोझी चोकबाट सुरु भई सेतुबिक चोक, त्रिवेणी मोड हँुदै बागेश्वरी मन्दिर परिसर आएर र्यालीसमापन गरिएको थियोे ।


कहि बर्ष यता काठमाण्डौ उपत्यका पछि धेरै ठाउँहरुमा पनि गाईजात्रा मनाईने गरेको पाईन्छ भने नेपालगन्जमा पनि पहिले भन्दा धेरै परिवर्तन गरेर झाँकी, नृत्य, कला र बाजागाजासहित र्याली निस्किएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोभिडबाट कोहलपुरकी महिलाको मृत्यु

७ भाद्र २०७८, सोमबार १४:२१
नेपालगञ्ज : बाँकेमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगञ्जमा उपचाररत कोहलपुर नगरपालिका वडा नम्बर ८ बाँकेकी ५५ वर्षीया महिलाको मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले बताए । यो संगै कोरोनाबाट हालसम्म बाँकेका ३ सय २७ र बाँकेमा उपचाररत […]