कैलालीका ९ प्रहरी पुरस्कृत

सदरलाइन संवाददाता ५ श्रावण २०७८, मंगलवार १८:४१
 


कैलाली : कैलालीमा साढे ३ वर्षको बालकको हत्या भएको घटनाको सफल अनुसन्धान गरेको भन्दै एसपीसहित ९ जना प्रहरी पुरस्कृत भएका छन् ।

घटनाको तोकिएको जिम्मेवारी इमानदारी तथा त्रुटीरहित ढंगबाट सम्पादन गरेको भन्दै सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक पुरूषोत्तम कँडेलले कैलालीका एसपी विश्व अधिकारीसहित ९ जनालाई पुरस्कृत गरेका हुन् ।


अनुसन्धानमा खटिएका अन्य ८ जनालाई एसपी अधिकारीले आफैं पुरस्कृत गरेका छन् । पुरस्कृत हुनेमा प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटा, प्रहरी निरीक्षक लालबहादुर ऐर, प्रहरी सहायक निरीक्षक अनिल शाह, कृष्ण मल्ल, प्रहरी हवल्दार गणेश बहादुर सेठ्ठी छन् ।

यस्तै, प्रहरी जवान जयराम चुनारा, शिशिर शर्मा र नन्दराज भट्ट छन् । गत असार २० गते टीकापुर नगरपालिका–१ ब्लक नम्बर ८ स्थित मनुवा रोड बस्ने साढे ३ वर्षीय विवेक विष्ट बेपत्तापछि मृत फेला परेका थिए । सोही प्रकरणमा प्रहरीले घटनाको केही समयपछि सफल अनुसन्धान गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कबडियाका बाबुछोरा ब्राउनसुगर र नगद सहित प्रहरी नियन्त्रणमा

५ श्रावण २०७८, मंगलवार १८:४१
नेपालगञ्ज : बाँके प्रहरीले दुई बाबुछोराई प्रतिबन्धित लागू औषध ब्राउन सुगरको कारोबारको आरोपमा नियन्त्रणमा लिएर अनुसंन्धान सुरु गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार २ ग्राम १ सय मिलिग्राम ब्राउन सुगर सहित नेपालगञ्ज–९ बाट २ जनालाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक […]