रुकुमपश्चिममा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु

सदरलाइन संवाददाता ११ जेष्ठ २०८०, बिहीबार १३:१९
 

रुकुम (पश्चिम) : रुकुमपश्चिको बाँफिकोट गाउँपालिकामा जिप दुर्घटना हुँदा सुत्केरी आमा र बच्चासहित पाँच जनाको मृत्यु भएको छ ।

बिहीबार बिहान ७ बजे बाँफिकोट गाउँपालिका–८ तोरीधारामा जिप दुर्घटना भएको इलाका प्रहरी कार्यालय बाँफिकोटले जनाएको छ । सानीभेरी गाउँपालिकादेखि रुकुमपश्चिमको खलंगाका लागि छुटेको लु १ ज १७४७ नम्बरको जिप दुर्घटनामा परेको हो ।

मृत्यु हुनेमा मृतकको सानोभेरीका ७० वर्षीय कर्णबहादुर बाठा मगर, सुत्केरी महिला २२ वर्षीय रेखा खनाल केसी र उनको बच्चा रोशन केसी छन् । यस्तै वर्ष ५० को देउचन खत्री र २३ वर्षीया सितला कुसारीको पनि घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।


घाइते १० जनामध्ये ५ जनालाई थप उपचारका लागि खलंगा अस्पताल पठाइएको र ५ जनालाई थप उपचारका लागि हेलिकोप्टरबाट नेपालगञ्ज पठाइने जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायव उपरीक्षक नमराज भट्टराईले बताए ।

घटना स्थलमा पानी परिरहेकोले उद्धारमा कठिनाइ भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाख्रा पालनको मुख्य गन्तव्य बन्दै बैजनाथ

११ जेष्ठ २०८०, बिहीबार १३:१९
बैजनाथ (बाँके) : बाँकेको बैजनाथ गाउँपालिका वडा न २ बस्ने प्रेमराज सुबेदीले बिगत ५ बर्ष देखि व्यावसायिक रुपमा बाख्रापालन गर्दै आएका छन् । शुरुमा उनले १० वटा बाख्रा बाट ब्यबसाय सुरु गरेका थिए । अहिले उनको बाख्रा फर्ममा ४० ओटा बिभिन्न जातका बाख्राहरु रहेका छन् । कम लगानी र खर्चमा […]