कोरोनाबाट भेरी अस्पतालमा दुई जनाको मृत्यु

सदरलाइन संवाददाता ४ आश्विन २०७८, सोमबार १३:२४
 

नेपालगञ्ज : बाँकेमा कोरोना संक्रमणबाट थप दुई जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँके र दाङका रहेका छन् । उनीहरुको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको हो ।

जिल्ला कोभिड १९ ब्यवस्थापन केन्द्रका अनुसार संक्रमणबाट खजुरा गाउँपालिका ४ बाँकेकी ७५ वर्षीया महिलाको मृत्यु भएको छ । उनलाई भदौं २८ गते कोरोना पोजेटिभ भएको थियो । त्यसको भोलीपल्ट उनी भेरी अस्पतालमा भर्ना भएकी थिईन् ।


यस्तै दाङ तुलसीपुर उपमहानगरपालिका ७ का ८२ वर्षीय पुरुषको पनि कोरोनाबाट मृत्यु भएको छ । दाङमा गत भदौं १८ गते पिसिआर परीक्षण गराउँदा उनलाई कोरोना पुष्टि भएको थियो । त्यसको भोलीपल्ट उनी भेरी अस्पताल भर्ना भएका थिए ।

योसंगै कोरोना संक्रमणबाट बाँकेका ३ सय ३२ जनाको मृत्यु भएको छ । भने उपचारका लागि बाँके आएका बाहिरी जिल्लाका ४ सय १४ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा १२ संक्रमित थपिए, ६ जना डिस्चार्ज

४ आश्विन २०७८, सोमबार १३:२४
नेपालगञ्ज : बाँकेमा सोमवार थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । तीनवटा प्रयोगशालामा ५६ नमुना परीक्षण गर्दा १२ जनामा संक्रमण पुष्टि भएको हो । यो कूल नमुना परीक्षणमा २१.४३ प्रतिशत कोरोना पोजेटिभ हुन आउँछ । भेरी अस्पतालमा ३५ नमुना परीक्षण गर्दा १२ जना संक्रमित थपिएका हुन् । […]