पाकिस्तानमा भइरहेको प्रदर्शन हिंसात्मक बन्दै

सदरलाइन संवाददाता २७ बैशाख २०८०, बुधबार १३:३१
 

काठमाण्डौ : पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान पक्राउ परेपछि सुरु भएको प्रदर्शन हिंसात्मक बन्न थालेको छ । खानका समर्थक र प्रहरीबिच ठाउँ ठाउँमा झडप भैरहेको छ ।

इस्लामावादमा प्रदर्शनले उग्र रूप लिएको छ । अहिलेसम्म झडपमा परी एक जनाको ज्यान गएको र ४० जनाभन्दा धेरै पक्राउ परेको बीबीसीले जनाएको छ ।

झडप हुन थालेपछि देशभर मोबाइल सेवा अवरुद्ध छ । पूर्व प्रधानमन्त्री खान मंगलवार इस्लामावादमा अदालत परिसरबाट पक्राउ पर्नु भएको थियो ।


भ्रष्टाचारसम्बन्धी आरोप लगाइएको मुद्दाबारे उनी अदालतमा उपस्थित हुन लागेका थिए । पूर्व प्रधानमन्त्री खानविरुद्ध अन्य धेरै मुद्दा चलिरहेका छन् ।

तर, आफूमाथि लगाइएका सबै आरोप राजनीतिक रूपले प्रेरित भएको भन्दै पूर्व प्रधानमन्त्री खानले तिनलाई अस्वीकार गर्दै आएका छन् । उनका समर्थकले बुधवार देशव्यापी प्रदर्शनको आह्वान समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

तुलसीपुर १६ बालश्रम मुक्त वडा घोषणा

२७ बैशाख २०८०, बुधबार १३:३१
दाङ : तुलसीपुर उपमहानगरपालिका वडा १६ लाई बालश्रम मुक्त वडा घोषणा गरिएको छ । सो वडामा प्रारम्भिक सर्वेक्षणमा ३५ जना बालबालिका श्रममा रहेका थिए । तीमध्ये ३० जना बालबालिकालाई तत्काल परिवारमै पुनर्स्थापना गरिएको छ । पाँच जना बालबालिकालाई ती बालबालिकाका परिवारलाई आर्थिक रूपमा सबल बनाउन जीविकोपार्जनका कार्यमा संलग्न गरिएको थियो […]