सदरलाइनडटकम,
पोखरा : पोखरामा जारी पोखरा प्रिमियर लिग पिपिएलमा सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर टाइटन्सले लगातार दोस्रो हार बेहोरेको छ ।
शुक्रबार पोखरा पल्टनसँग हार बेहोरेको विराटनगरले आईतवार धनगढी ब्लुजसँग ७८ रनले पराजित भयो । पोखरा क्रिकेट मैदानमा आज सम्पन्न पहिलो खेलमा १८३ रनको लक्ष्य पछ्याएको विराटनगर १६ ओभर ४ बलमा मात्र १०४ रन बनाउँदै अलआउट भयो ।
यस्तै दोश्रो खेलमा बुटवल ब्लास्टरले पोखरा पल्टनलाई ३३ रनले हराएको छ । लगातार दोस्रो जित निकाल्दै बुटवल शीर्ष स्थानमा रहेको छ ।
आईतवार पोखरा रंगशालामा टस जितेर ब्याटिङ गरेको बुटवलले पोखरालाई १ सय ५१ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङमा आएको पोखराले निर्धाति २० ओभरमा ९ विकेट गुमाएर १ सय १७ रन बनाएको हो ।
Next Post
प्रतिबन्धित जडीबुटी सशस्त्र प्रहरीद्वारा बरामद
११ कार्तिक २०७५, आईतवार १७:५३
सम्बन्धित
-
२३ फाल्गुन २०७८, सोमबार १८:३०
सुर्खेत विमानस्थल विस्तार नहुने
-
११ कार्तिक २०८१, आईतवार १८:५१
बाँकेको कोहलपुरमा सहकर्मी समाजको तीन दिने समीक्षा कार्यक्रम सुरु
-
४ जेष्ठ २०८०, बिहीबार १६:०४
त्रिभुवन माविका शिक्षक आन्दोलित
-
२१ बैशाख २०७९, बुधबार १६:२६
जानकीका २ माओवादी नेता एमालेमा
-
१८ आश्विन २०७७, आईतवार ०७:५३
कोरोना संक्रमित महिलाको बाँकेमा मृत्यु
-
२४ भाद्र २०८०, आईतवार १४:०२
ठाकुरबाबा नगरपालिकामा आइतवार शोक विदा