कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्री बनिन् कालिकोटकी १७ वर्षिया मोनिका

सन्दर्भःअन्तर्राष्ट्रिय बालिका दिवस अक्टोबर ११

सदरलाइन संवाददाता १ कार्तिक २०८०, बुधबार १७:२५
 

सुर्खेत : अन्तर्राष्ट्रिय बालिका दिवस अर्थात अक्टोबर ११ को सन्र्दभ पारेर गल्र्स टेकओभर कार्यक्रम अन्तरगत कालिकोटकी १७ वर्षिया मोनिका बुढाले एक दिनका लागि कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रीको कार्यभार सम्हालेकी छन् ।

प्लान ईन्टरनेशनल नेपालको अगुवाईमा किशोरीहरूलाई सशक्त महसुस गराउन, उनीहरूका रोल मोडेलसँग कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री खड्कबहादुर पोखरेलले १ दिनका लागि मोनिकालाई आफ्नो पदभार हस्तान्तरण गरेका हुन ।

पदभार ग्रहण गर्दै मोनिकाले सामाजिक विकास मन्त्रालयले गर्ने कार्य तथा जीम्मेवारीहरु बारे जानकारी लिदै सामाजिक विकास महाशाखा प्रमुख अनिता ज्ञवाली र शिक्षा अधिकृत बलवीर सुनारमार्फत सम्बन्धित महाशाखाका कामका बारेमा जानकारी लिएकी थिईन ।

एक दिनका लागि सामाजिक विकास मन्त्री बनेकी मोनिकाले हाल मन्त्रालयमार्फत भईरहेका कार्यहरु सम्बन्धित महाशाखाले प्रभावकारीरुपमा कार्यान्वयन गर्नुपर्ने निर्देशन दिईन । सो निर्देशनलाई सम्बन्धित अधिकारीहरुले कार्यान्वयनमा अगाडि बढाउने प्रतिबद्धता गरेका थिए ।

सोही अवसरमाएक दिनका लागि सामाजिक विकास मन्त्री बनेकी मोनिकाले कालिकोटमा अझैसम्म पनि यसवर्षको कक्षा ११ को पढाई शुरु नभएको गुनासो आएको र प्रतिस्पर्धात्मक रुपमा सिक्ने अवसर सुनिश्चित गर्न के कसरी काम गर्न सकिन्छ भनी सम्बन्धित महाशाखालाई प्रश्न गरेकी थिईन ।

सो प्रश्नको जवाफदिदै शिक्षा अधिकृत बलवीर सुनारले कर्णालीमा शैक्षिक सूचकहरु अन्य प्रदेशहरुको तुलनामा कम रहेको र उल्लेखित समस्याहरुलाई कम गर्न माननीय मन्त्रीज्यूको अगुवाईमा कार्यान्वयन गर्न सकिने प्रतिबद्धता गरे ।

साथै मोनिकाले ‘विभिन्न सर्वेक्षणले कर्णालीमा बालविवाह उच्च रहेको र यसले व्यक्तित्व, सिप तथा जीवन जिउने कला सिक्न बाधा गरि रहेको हुनाले बालिकाहरुलाई गुणस्तरीय शिक्षाको अवसर प्राप्तहुने वातावरण सिर्जना गर्न अनुरोध गरीन ।


सोही अवसरमा उनले कर्णालीमा महिनावारीको समयमा छाउपडीमा बस्नुपर्ने र विभेद गरिने एकदमै पीडादायी अवस्थाबाट मुक्ति पाउने गरी मन्त्रालयले काम गर्नुपर्ने विचार व्यक्त गरिन ।

प्लान इन्टरनेशनल नेपालको पश्चिम क्षेत्रीय कार्यालयका प्रबन्धक मीनाकुमारी पराजुली भन्छिन–‘गल्र्स टेकओभर कार्यक्रमले किशोरीहरूलाई सशक्त महसुस गराउन, उनीहरूका रोल मोडेलसँग साक्षात्कार गराउन र आफ्नो भविष्यका लागि प्रेरित गर्नका लागि एक उत्कृष्ट अवसर हो ।’

कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव डा. भोजराज शर्मा काफ्लेले बालिकाहरुको क्षमता र नेतृत्व विकासको लागि यो अवसर मिलाउन प्रयत्न गरेकोमा प्लान ईन्टरनेशनल नेपाललाई धन्यबाद दिदै अहिले मोनिकाको व्यक्तित्व प्रभावशाली रहेको र स्वयंले यसलाई निरन्तरता दिई उदाहरणिय बनि रहनका लागि अनुरोध गरे ।

कार्यक्रमको समापन गर्दै सामाजिक विकास मन्त्री पोखरेलले मोनिका जस्तै लाखौं प्रतिभालाई कर्णाली मै जन्मलिने शुभेक्षाव्यक्त गरे । साथै जीवनमा आफ्नो निर्धारित लक्ष्यमा पुग्न मुलबाटो नछोडी निरन्तर लागिरहन अनुरोध गर्दै मोनिकालाई भविष्यको सामाजिक विकास मन्त्रीको रुपमा देख्न पाईयोस् भन्ने आशा व्यक्त गर्दै कार्यक्रमको समापन गरे ।

किशोरीहरुको नेतृत्व क्षमता विकास र उनीहरुको जीवनको वृहत लक्ष्य निर्धारण गर्न उत्प्रेरित गर्ने उद्धेश्यले अन्तराष्ट्रिय बालिका दिवसको अवसरमा प्लान ईन्टरनेशनल नेपाल र कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको सहकार्यमा कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको १ दिने पदभार ग्रहण गरेकी १७ वर्षिया मोनिका नरहरीनाथ–३ कालिकोट की हुन ।

मोनिकाले मन्त्रालयको अनुभव र कर्णालीका बालिका एवं किशोरीहरुका सवालहरुलाई उठान गर्नका लागि जीम्मेवारी सम्हाल्ने अवसर दिएकोमा धन्यबाद व्यक्त गरेकी थिईन । ‘यसले मलाई म र म जस्ता बालिकाहरुलाई आफ्नोे लक्ष्यमा अझ लगनशिल भएर लाग्नमा प्रेरित गर्ने छ । यस्तो सहज एवं आत्मविश्वासपूर्ण वातावरणमा सहजीकरण गरेकोमा संलग्न सबैप्रति आभार व्यक्त गर्छु’– उनले भनिन ।

     

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा कौशल सिटी मार्ट सञ्चालनमा ल्याईयो

१ कार्तिक २०८०, बुधबार १७:२५
नेपालगञ्ज : नेपालगञ्जमा दशै तिहर जस्ता पर्वको अवसर पारेर खाध्यान्नदेखि दैनिक उपभोग्यका सामान एकै दैलोमा उपलब्ध गराउने उद्देश्यले कौशल सिटी मार्ट सञ्चालनमा ल्याईएको छ । नेपालगञ्जका स्थानीय औमविनय कौशलले सञ्चालन गरेको सो मार्ट नेपालगञ्जको बिपीचोक र त्रिभुवन चोकको बिचमा ईदगाह रोडमा संञ्चालनमा ल्याईएको छ । मार्टको नेपालगञ्ज उद्योग बाणिज्य संघका […]

सम्बन्धित

ताजा अपडेट