सल्यानमा नवजात शिशु मृत्युदर उच्च

सदरलाइन संवाददाता ३० भाद्र २०७९, बिहीबार १४:१४
 

नेपालगञ्ज : सल्यानमा नवजात शिशु मृत्युदर उच्च देखिएको छ । गर्भवती अवस्थामा स्याहारसुसार नपाउँदा महिलाको ज्यान पनि जोखिममा देखिएको छ । स्वास्थ्य सेवा कार्यालयका अनुसार आर्थिक वर्ष ०७६/०७७ मा १८, ०७७/०७८ मा १५ र ०७८/०७९ मा १० नवजात शिशुले ज्यान गुमाएका छन् ।

त्यस्तै, आर्थिक वर्ष ०७६/०७७ मा २७, ०७७/०७८ मा ५९ र ०७८/०८९ मा ३४ जनाको गर्भ मृत्यु भएको छ । नवजात शिशुभन्दा पनि गर्भमा मृत्यु हुने तथा मृत जन्मनेको संख्या धेरै भएको कार्यालयका सूचना अधिकारी थलराज डिसीले बताए ।


गर्भवती महिलाको गर्भजाँचमा बेवास्ता हुँदा र जटिल समस्या आएपछि मात्र अस्पताल लैजाने चलनले शिशु र गर्भ मृत्यु बढेको उनको भनाइ छ । सानै उमेरमा विवाह गर्ने प्रचलनले पनि शिशु मृत्युदर बढिरहेको अस्पतालका विशेषज्ञ डा. अभिषेक सिंहले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कैलालीमा डेंगु रोगबाट बिरामीको संख्या १ सय ३२ पुग्यो

३० भाद्र २०७९, बिहीबार १४:१४
कैलाली : कैलालीमा डेंगु रोगबाट बिरामी हुनेको संख्या १ सय ३२ पुगेको छ । चालू आर्थिक वर्षको दुई महिनाको अवधिमा सो संख्यामा डेंगुका बिरामी फेलापरेका हुन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार लम्कीचुहा नगरपालिकामा सबैभन्दा धेरै ६६ जना डेंगुका बिरामी फेलापरेका छन् । सेती प्रादेशिक अस्पतालमा २१, टीकापुर अस्पतालमा १३, मालाखेती […]