जनगणनाका लागि बाँकेमा ६ सयबढी गणक खटाइने

सदरलाइन संवाददाता २२ कार्तिक २०७८, सोमबार १५:१८
 

नेपालगञ्ज : जनगणनाका लागि बाँकेमा ६ सयबढी गणक खटाइने भएको छ । यही कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म जनगणनामा बाँकेमा ६ सय १७ गणक खटिने भएका हुन् ।

जिल्लाका आठवटै पालिकामा १५ दिन लगाएर उनीहरुले जनगणना गर्ने तथ्याङ्क कार्यालय बाँकेका प्रमुख वेदप्रसाद ढकालले जानकारी दिए । यही कात्तिक २५ गतेदेखि १५ गतेसम्म देशभर जनगणना हुँदैछ ।


मंसिर ९ गतेलाई भने सरकारले जनगणनाको मुख्य दिनका रूपमा लिइएको छ । संघीयतापछि पहिलो पटक गर्न लागिएको जनगणनालाई पूर्ण बनाउने प्रयास थालिएको छ ।

आमनागरिकको सामाजिक, आर्थिक र सांस्कृतिक विविधताको चित्रण गर्नको लागि प्राय सबै पक्षका प्रश्न समेटिएका छन् । जसका लागि विभिन्न प्रकृतिका ५५ वटा प्रश्न छन् । प्रत्येक दश–दश वर्षमा गरिने जनगणना यसअघि २०६८ सालमा गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रक्सी खाएर हतियार प्रदर्शन गर्ने सेनाका मेजर पक्राउ

२२ कार्तिक २०७८, सोमबार १५:१८
कैलाली : कैलालीको चिसापानीमा रहेको इलाका प्रहरी कार्यालयले आइतवार राति रक्सी खाएर हो–हल्ला गर्दै हिँडेका नेपाली सेनाका एक मेजरलाई पक्राउ गरेको छ । प्रहरीले लम्कीचुहा नगरपालिका ३ गोराङ्गेमा रहेको सुदूरपश्चिम पृतना तालिम शिक्षालयका मेजर अशोकजंग शाहीलाई हतियारसहित पक्राउ गरेको हो । रक्सीको नसामा लठ्ठिएका मेजर शाहीले स्थानीयवासीलाई गालीगलौज गरिरहेको अवस्थामा […]