प्रचण्डले नेपालगन्जमा भने, सके राजधानी नत्र मन्त्रालय नेपालगन्जमा राख्नेछ

११ माघ २०७४, बिहीबार १८:५२
 

सदरलाइन/रुद्र सुवेदी     
११ माघ, नेपालगन्ज : नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्डले नेपालगन्जमा सके राजधानी नत्र प्रदेसका मन्त्रालयसम्म राख्ने कुरामा आफुले पहल गर्ने बताएका छन् ।
नेपालगन्जमा बिहीबार नेपालगन्ज उद्योग बाणिज्य संघले आयोजना गरेको प्रादेशिक महोत्सवको उद्दघाटन गर्दै सो कुरा बताएका हुन । प्रदेशका अस्थायी मुकाम तोकिएपछि उत्पन्न विवादलाई ठूलो नबनाउन अनुरोध गर्दै उनले भने–‘अहिले नै प्रदेशको अस्थायी राजधानी तोकेको विषयलाई लिएर आत्तिने बेला भएको छैन बाँके र नेपालगन्जकले विगतमा आन्दोलनमा निभएको भुमिकाले पनि मैले अन्याय हुन दिने छैन ।’
बाँकेका नेतृत्वहरुले बाँके र नेपालगन्जको इतिहास मेटाउने गरी राजधानी र अन्य संरचनाहरु अन्यत्र सार्ने पहल गरेको भन्दै यसको विरोधमा खरो रुपमा उत्रिने चेतावनी दिएपछि पूर्व प्रधानमन्त्री प्रचण्डले अहिले नै प्रदेशको स्थायी राजधानी तोकिनसकेकोले आत्तिन नपर्ने बताएका छन् । ‘अहिले नै स्थायी मुकाम तोकिएका छैनन्, तपाईहरु आन्दोलित हुनुपर्ने अवस्था छैन,’ प्रचण्डले भने, ‘प्रदेशसभाले राजधानी तोक्नेछ, मैले अहिलेको मोडेल भन्दा पनि प्रदेशका अधिकार समेत बाँडिने गरी सोचेको छु, त्यहीअनुसार अगाडि बढेमा कसैले पनि अन्याय भएको महशुस गर्नेछैनन् ।’
प्रचण्डले प्रदेशसभाका अधिकार र कार्यक्षेत्र बाँडिने बताएका छन् । राजधानी तोकिएकै ठाउँमा सबै काम हुने निकायहरु सिमित नगरी पायक पर्ने ठाउँमा विभाजन गर्नसके सबै जनताको भावना समेटिने दाबी गरे । ‘अहिले सबैले आफ्नै ठाउँमा परेन भनेर विरोध जनाएका छन्, मैले प्रदेशका अधिकार र कार्यालयहरु विभाजन गर्ने योजना बनाएका छु,’ उनले थपे, ‘आगामी सरकारसँग छलफल गरी सबैको माग पुरा हुनेगरी प्रदेशका मन्त्रालय, सरकारी कार्यालयहरु दुई वा दुईभन्दा बढी जिल्लाहरुमा विभाजन गर्न प्रस्ताव गर्नेछु । जसबाट सबैले संघियतालाई अपनत्व सजह रुपमा गर्नेछन् ।’
माओवादी केन्द्र अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले नेपालगन्जको इतिहास कुनै पनि हालतमा मेटिन नदिने बताए । विगतदेखि नै २४ जिल्लाको व्यापारिक केन्द्रका रुपमा स्थापीत नेपालगन्ज नगरीको समृद्धिका लागि नेपालगन्जलाई पश्चिम नेपालकै औद्योगिक केन्द्रका रुपमा विकास गर्न पहल थाल्ने आश्वासन दिए । ‘नेपालगन्जको अभिभावकत्वको जिम्मेवारी मैले नै लिएको हो, यहाँका जनताको भावना पनि बुझेको छु’ उनले भने, ‘नेपालगन्जलाई ओझेलमा पारिने छैन, म तपाइहरुको राजधानीको मागको कदर गर्छु र सँधै तपाइहरुकै साथमा रहनेछु ।’
नेपालगन्जलाई पुर्नसंगठित गर्नुपर्ने आवश्यकता रहेको बताउँदै उनले अन्र्राष्ट्रिय व्यापारिक केन्द्रका रुपमा विकास गर्नुपर्ने धारण व्यक्त गरे । जग्गा उपलब्धताको सहजतालाई मध्यनजर गर्दै अन्र्राष्ट्रिय विमानस्थल निर्माणका लागि आगामी सरकारले विशेष योजना बनाउने समेत जानकारी दिए ।
नेपालगन्जलाई व्यवस्थित गरी प्रदेश र केन्द्रीय स्तरका मन्त्रालयहरु रहने वातावरण तयार पार्नमा आफु र आफ्नो पार्टी सधैं प्रतिबद्ध रहेको उल्लेख गरे । उनले नेपालगन्जमा देशभरीको आकर्षणको केन्द्र बनाउन स्थानीय स्रतमा प्रशस्त रोजगारी सिर्जना गरी आर्थिक जोनका रुपमा विकास गर्ने दाबी गरे ।
महोत्सव उद्घाटनका क्रममा प्रचण्डले वाम गठबन्धन देशमा आर्थिक समृद्धि, रोजगारी सर्जना र राजनीतिक अस्थीरता अन्त्य भएमा मात्रैं गठबन्धनको सफल औचित्य सावित हुने बताए । ‘झण्डै दुई तिहाई बहुमत जनताले गठबन्धनको पक्षमा दिएका छन्, हामीले जनतमतलाई कदर गर्नेछौं’ उनले भने,‘कुर्षिको लडाई अन्त्य, स्थानीय स्तरमै रोजगारी, शान्ति कायम, देशमा आर्थिक विकास र सबैको भावनाको सम्मान भएको महशुस भएमात्रै गठबन्धन सफल भएको औचित्य सावित हुनेछ, हामीले जनताको भावना अनुसार देशलाई विकास गर्ने कुरामा कुनै कसुर बाँकी राख्ने छैनौं ।’ उनले नीजि क्षेत्रको सँगको सहकार्य विना कुनैपनि देशमा विकास सम्भव नदेखिएकाले नेपालको आर्थिक विकास लागि पनि नीजि क्षेत्रसँग सहकार्य आवश्यक रहेको बताए ।
‘कम्युनिष्ट आएपछि नीजि क्षेत्र फष्टाउन पाउँदैन भनेर भ्रम छरियो, त्यो सरासर गलत हो, ’ उनले भने, ‘मैले नीजि क्षेत्रसँगको सहकार्यबिना कतैपनि आर्थिक विकास भएको देखेको छैन, त्यसैले आउने वाम सरकारले पनि यस कुरालाई ध्यानमा राखेर देशको आर्थिक स्थीति सुधार गर्न र जनतालाई रोजगारीको पहुँचमा ल्याउन अधिकतम प्रयासहरु थालिनेछन् ।’ प्रचण्डले संविधान कार्यान्वयनको अन्तिम चरणमा रहेकाले अब छिट्टै नयाँ सरकार आउने र देशले आफ्नो स्थीति बदल्ने दाबी समेत गरे । जनतालाई संविधानले दिएको अधिकार पूर्ण रुपमा लागु भएको महशुस गराउन आउने सरकारले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे ।
महोत्सवमा उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष भवानी राणाले सरकारले आर्थिक समृद्धिको एजेण्डालाई साकार पार्न नीजि क्षेत्रसँग सहकार्यलाई फराकिलो बनाउन आवश्यक रहेको बताइन् ।
      सुदुरपश्चिम र मध्यपश्चिमको केन्द्र रहेको नेपालगन्जलाई राजधानीको अधिकारबाट वञ्चित गरिएको राणाको भनाइ छ । साथै उनले पर्यटकिय र व्यवसायिक सम्भावना बोकेको नेपालगञ्जलाई अन्र्राष्ट्रिय कनेक्टीभिटीको ट्रान्जिठ्ट प्वाइन्ट बनाउने पर्ने धारणा व्यक्त गरिन् । मेला महोत्सवहरुले उपभोक्ता र व्यवसायीलाई जोड्ने हुँदा मेला आयोजनका लागि सकारले विशेष सहयोग गर्नुपर्ने उल्लेख गरिन् ।
प्रचण्डसँग बाँकेका राजनीतिक नेृतत्व र व्यवसायिक नेतृत्वहरुले प्रदेश ५ राजधानी नेपालगन्जमै हुनुपर्ने माग राखेका छन् । राजधानीको अधिकारबाट वञ्चित गराइए जस्तोसुकै आन्दोलनमा जान पनि तयार रहेको बाँके क्षेत्र नम्बर दुईका प्रतिनिधिसभा सदस्य मो. इस्तियाक राइले बताए । संघियताको उद्गम थलो बाँकेलाइै उपेक्षा गरिएको भन्दै नेतृत्वले गम्भीरताका साथ नलिए ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी समेत दिए ।

Next Post

फोटोमा प्रादेशिक महोत्सवको झँकीदेखि उद्दघाटनसम्म

११ माघ २०७४, बिहीबार १८:५२
सदरलाइनडटकम ११ माघ, नेपालगन्ज : नेपालगन्ज उद्योग बाणिज्य संघद्वारा नेपालगन्जमा आयोजना गरेको प्रादेशिक महोत्सव–२०७४ को उद्घाटन भएको छ । महोत्सवको उद्घाटन अघि नेपालगन्ज उद्योग वाणिज्य संघको कार्यालयबाट हात्तिसहितको कलश यात्रा निकालिएको थियो । कलश यात्रा सहितको र्याली नगरका बिभिन्न स्थानहरुको परिक्रमा गरी महोत्सव स्थलमा पुगेको थियो । र्यालीमा बिभिन्न उद्योगी, […]

सम्बन्धित