राप्तीसोनारीको वडानं.७ निशुल्क स्वास्थ्य शिविर

१९ माघ २०७५, शनिबार १८:०१
 

सदरलाइनडटकम,
राप्तीसोनारी (बाँके) : बाँकेको राप्तीसोनारी वडानं ७ मा एक दिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । वडा कार्यालयको सहयोगमा ईकरा पोलिक्लिनिक एण्ड डाईगोनोसिस सेन्टर प्रालि डुडुवा–५ कम्दीको आयोजना गरिएको सो शिविरमा २७५ जनाले सेवा लिएका छन् ।
ईकरा पोलिक्लिनिक सञ्चालन समितिका अध्यक्ष मुनिर खाँनको अध्यक्षतामा सुरु भएको सो निशुल्क स्वास्थ्य शिविरको राप्ती सोनारी गाउँपालिका वडा नं. ७ का अध्यक्ष रामलखन थारुले उद्घाटन गरेका थिए ।
उनले वडाबासीको लागि लक्षित गरी घरदौलोमा नै विशेषज्ञ सहित आयोजना गरेको निशुल्क स्वास्थ्य शिविरमा आफ्नो समस्या देखाएर मौकाको फाईदा उठाउन सबै वडाबासीलाई आग्रह गरे ।
सो स्वास्थ्य शिविरमा भेरी अञ्चल अस्पताल नाक कान घाँटी विभागका डा.अजय बैष्य, सर्जरी विभागका डा. सम्साद खाँ र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका डा. मोहम्मद अलीले विरामीको चेक जाँच गरेको ईकरा पोलिक्लिनिकका प्रबन्ध सञ्चालक मुस्लिम खाँनले जानकारी दिए ।
ईकरा पोलिक्लिनिक स्थापना भएको पाँच महिनामा दोस्रो निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको र १८७ महिला सहित २सय ७५ जनालाई सेवा दिईएको आयोजक ईकरा पोलिक्लिनिकले जनाएको छ ।


 

Next Post

नेबिसंघले मोटरसाइकल जलायो

१९ माघ २०७५, शनिबार १८:०१
सदरलाइनडटकम, नेपालगञ्ज : बाँकेमा एक सरकारी नम्बरको मोटरसाइकलमा आगजनी गरिएको छ । नेपालगञ्जको कारकाँदो स्थित नेपाल टेलिकमको क्षेत्रीय कार्यालय अगाडी भे १ ब १०७६ नम्बरको सरकारी मोटरसाइकलमा शनिवार दिउँसो नेबिसंघका कार्यकताले आगजनी गरेका हुन् । वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रमुख प्रहरी निरीक्षक नारायण डाँगीका अनुसार आगजनीले मोटरसाईकलमा आंशिक क्षति पुगेको […]