राष्ट्रपति पौडेलको उपचार दिल्लीको एम्स अस्पतालमा शुरु

सदरलाइन संवाददाता ६ बैशाख २०८०, बुधबार १३:५२
 

काठमाण्डौ : भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा राष्ट्रपति रामचन्द्र पौडेलको उपचार शुरु भएको छ ।

उनलाई बुधबार बिहान श्रीएयरको एयर एम्बुलेन्समार्फत भारत लगिएको थियो । उनलाई अहिले अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा पुर्याइएर उपचार शुरु गरिएको छ ।


नेपालमा उपचार गराउँदा उल्लेख्य सुधार नभएको भन्दै परिवारका सदस्यहरु र चिकित्सकहरूले थप उपचारका लागि भारत लैजान सुझाव दिएसँगै पौडेललाई भारत लगिएको हो ।

राष्ट्रपति पौडेलको छातीमा संक्रमण देखिएको थियो । राष्ट्रपति पौडेलसँग निजी चिकित्सक डा. निरज बम, परिवारका सदस्य र ७ जना चिकित्सकको टोली छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

शारीरिक सम्बन्ध राख्न बाध्य बनाएको आरोपमा होटल सञ्चालक पक्राउ

६ बैशाख २०८०, बुधबार १३:५२
दाङ : दाङ देउखुरीको लमहीस्थित बी एण्ड बी होटलका संचालक नुमाराज भुषाल मानव बेचबिखन तथा ओसारपसार कसुरमा पक्राउ परेका छन् । पीडितको उजुरीको आधारमा पक्राउ परेका भुषाललाई जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई अनुसन्धान गरिरहेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । ४४ वर्षीय भुषालले कामको खोजीमा आएका दुई जना […]