युवालाई सूर्य जस्तै अनुशाशित हुन एमाले अध्यक्ष ओलीको निर्देशन

रुद्र सुवेदी २७ चैत्र २०७९, सोमबार १९:३४
 


नेपालगञ्ज :  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले जेष्ठ नागरिकदेखि युवासम्मको पार्टी भएको बताएका छन् । राष्ट्रिय युवा संघ नेपालको नवौँ राष्ट्रिय महाधिवेशनलाई सोमबार नेपालगञ्जमा सम्बोधन गर्दै अध्यक्ष ओलीले सो कुरा बताएका हुन ।

नेकपा एमालेले सुखी नेपाली समृद्ध नेपालीको आकांक्षा पूरा गर्ने स्पष्ट पार्दै भने–‘नेकपा एमाले लौरो टेक्ने ज्येष्ठ नागरिकको मात्र होइन सशक्त अनुशाशित युवाको पनि पार्टी हो ।’ उनले युवाहरूले इतिहास होइन भविष्यको कुरा गर्नु र सोच्नु पर्ने बताउदै भविष्यको तयारी, काम, आन्दोलन, संकल्प, योजना र अनुशासनको कुरा गर्नुपर्नेमा जोड दिए ।

प्रर्व प्रधानमन्त्री ओलीले युवाले भविष्य कस्तो बनाउने भन्ने कुरा सोच्नु पर्ने बताउदै युवाहरू सूर्य जस्तै अनुशासित हुनु पर्नेमा जोड दिदै भने–‘अनुशासनमा नबस्ने व्यक्ति र संगठन कुबाटोमा जाने स्पष्ट छ । शूर्य हरेकदिन विहान समयमै उदाउछ र साँझ समयमै अस्ताउछ । युवा पनि अनुशाशित रुपम यसरी नै अघि बढ्न सक्नु पर्छ ।’

एमाले अध्यक्ष ओलीले ओलीले देशमा अहिले विभिन्न विकृति र विसङ्गति भए पनि त्यसलाई रोकेर देशलाई ओरालो लाग्नबाट बचाउन सकिने प्रष्ट पारे । ‘हामी काम गर्न सक्छौँ भन्ने कुरा एमालेले छोटो समयमा नै प्रमाणित गरिसकेको छ’–उनले भने । युवालाई देशमा नै बसेर शिक्षा, स्वास्थ्य, रोजगारीको अवसर एमालेले सिर्जना गर्ने र विदेशमा रहेको नेपाली युवालाई छिट्टै घर फर्कने वातावरण बनाउने ओलीको भनाई छ ।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सही विचार र सक्षम नेतृत्वले मात्र संगठनलाई अघि बढाउन सक्ने कुरामा जोड दिए । उनले सबै कुरा हुँदा पनि नेतृत्व सही भएन भने संगठन गन्तव्यमा नपुग्ने दाबी गरे ।

राष्ट्रिय युवा संघ नेपाललाई सही गन्तव्यमा पु¥याउन महाधिवेशनले सही नेतृत्व छान्ने पौडेलले विश्वास व्यक्त गर्दै युवा संघले सबै विधाका युवालाई नेतृत्व दिन सक्न उनले प्रष्ट पारे ।

प्रर्व अर्थमन्त्री समेत रहेका एमाले उपाध्यक्ष पौडेलले हरेक वर्ग, क्षेत्र र समुदायका युवाको प्रतिनिधित्व राष्ट्रिय युवा संघ नेपालले गर्नुपर्ने कुरामा जाडद दिदै भने–‘अनेक विधाका युवाको नेतृत्व राष्ट्रिय युवा संघ नेपालले गर्नुपर्दछ ।’

देशलाई जुन हिसाबले अघि बढाइँदै छ त्यसको विरुद्ध राष्ट्रिय युवा संघ नेपाल रातो फेटा बाँधेर सडकमा निस्कनु पर्ने अवस्था आउन सक्ने आशंका उनको छ । ‘राष्ट्र, राष्ट्रको स्वाभिमान र देशको रक्षाको निम्ति राष्ट्रिय युवा संघ नेपाल टाउकोमा कफन बाँधेर सडकमा उत्रिनुपर्ने स्थिति आउन सक्छ तयारी अवस्थामा रहनुहोला’–उनले भने । उपाध्यक्ष पौडेलले वर्तमान आपराधिक गठबन्धनको विरुद्ध सडकमा उत्रनु पर्ने अवस्था आउने बताउँदै त्यसको लागि तयार रहन आग्रह गरे ।

कार्यक्रममा नेकपा एमालेका महासचिव शंकर पोखरेलले जतिबेला नेपाली जनालाई संकट पर्दछ त्यतिलबेला राष्ट्रिय युवा संघ नेपाल जनताको पक्षमा खरो ढंगमा प्रस्तुत हुने संगठन भएको बताए ।


उनले नेपालमा राष्ट्रिय युवा संघ नेपालले गौरवशाली भूमिका खेलेको स्मरण गर्दै राष्ट्रिय युवा संघ नेपाललाई संगठनको विरासतलाई अझ अघि बढाउन शुभकामना दिए । नेकपा गठन पछि पार्टी संगठन चलायमान हुन नसक्दा नेपालका युवा पुस्ता राजनीतिबाट नै पलायन हुने अवस्था आएको र यसबाट अवसरवादीले टाउको उठाउने मौका पाएको पोखरेलको भनाइ छ ।

देशमा रहेको राजनीतिक अस्थिरता, अराजकता, कुशासन अन्त्यको लागि नेकपा एमालेले जित्नु पर्ने पोखरेलले बताए । सामाजिक अराजकताले नेपालको सामाजिक मूल्य मान्यतालाई कमजोर बनाउँदै लगेको र नेपाली समाजलाई विभाजित गर्नको लागि अनेक प्रयास भइरहेका भन्दै पोखरेलले आलोचना गरे । नेपाली समाजलाई सही ढंगले अघि बढाउने सामर्थ्य नेकपा एमालेसँग मात्र भएको उनले बताए ।

मुलुकलाई विकास र समृद्धिको बाटोमा लैजाने अग्रणी पार्टीको रूपमा नेकपा एमालेले आफूलाई स्थापित गरेको उनले प्रष्ट पादै भने– ‘विकास र समृद्धिका सवालमा एमालेलाई कसैसँग तुलना गर्न सकिँदैन ।’

नेकपा एमालेलाई एक्लो बनाएर दश दलको सरकार बन्दा त्यसको लाभ एमालेलाई भएको दाबी गदै भने–‘हाम्रा लागि त भविष्यको सुनौलो बाटो तय भएको छ, नौ दल, दश दल मिलेर सरकार बनाए भने यो मुलुकमा एकैचोटी नौ दल, दश दल असफल हुने छन्, त्यस पछि जनताको रोजाइको लागि एउटै पार्टी बाँकी रहने छ, त्यो भनेको नेकपा एकाले मात्र हुने छ ।’

नेकपा एमालेले अहिले सत्ताको खेलमा नअल्झिने बताउदै राजनीतिक अस्थिरताको अन्त्य देशको समृद्धि एमालेको लक्ष रहेको र साना दलको अवसरवादलाई अन्त्य गरी बलियो राष्ट्रिय शक्ति स्थापना गर्न आवश्यक रहेको उनले बताए ।

कार्यक्रममा नेकपा एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले माओवादीको फाँसीवादी चरित्र विरुद्ध राष्ट्रिय युवा संघ नेपाल टाउकोमा कफन बाँधेर आन्दोलनमा उत्रिएर नेपाली नागरिकलाई बचाउन सफल भएको बताए ।

संगठनका इञ्चार्ज समेत रहेका बस्नेतले माओवादीले मानिसलाई कुट्ने र काट्ने गरिरहँदा राष्ट्रिय युवा संघ नेपालले यूथ फोर्स गठन गरेर नागरिकको सुरक्षा गरेको दाबी गरे ।

उदघाटन समारोहमा जनसंगठन समन्वय संयन्त्रका संयोजक तथा एमाले स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, नीरु पाल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीलगायतको उपस्थिति रहेको थियो । राष्ट्रिय युवासंघ नेपालका अध्यक्ष किरण पौडेलको अध्यक्षतामा उद्घाटन शत्र सम्मपन्न भएको थियो सोमबार साँझैदेखि बन्दसत्र सुरु भई नयाँ नेतृत्व समेत चयन हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

युवा संघको महाधिवेशन बन्दसत्र जारी

२७ चैत्र २०७९, सोमबार १९:३४
नेपालगञ्ज : राष्ट्रिय युवा संघ नेपालको नवौ राष्ट्रिय महाधिवेशन अन्तर्गत सोमवारदेखि शुरु भएको बन्दसत्र मंगलवार पनि जारी छ । सोमवार उदघाटन समारोह पश्चात राती सुरु भएको बन्दसत्रमा प्रस्तुत प्रतिवेदनमाथि अहिले बन्दसत्रमा प्रतिनिधिहरुमाझ छलफल भईरहेको संघका प्रवक्ता माहाराज गुरुङले बताए । उनका अनुसार, बन्दसत्रमा अध्यक्ष किरण पौडेलले पेश गरेको प्रतिवेदनमाथि प्रतिनिधिले […]