पारदर्शिता र जवाफदेहिताको लागि गाविसद्वारा बजेट सार्वजनिक

१७ श्रावण २०७३, सोमबार १४:१९
 

सदरलाइनडटकम,13880121_10210039506093384_4090348313370850416_n
१७ साउन, नेपालगन्ज : नागरिकप्रतिको जवाफदेहिता र पारदर्शिता अभिबृद्धि गर्नका लागि बाँकेका गाविसहरुले बजेट सार्वजनिक गर्न थालेका छन् । नेपालमा जवाफदेहिता कार्यक्रम प्रान २ को सहयोगमा बासले बाँकेका १० वटा गाविसहरुमा सार्वजनिक बित्त व्यवस्थापन परियोजना सञ्चालन गरि गाविस सचिवहरुलाई सार्वजनिक बित्त व्यवस्थापनका बारेमा प्रतिबद्ध बनाउने र स्थानीय सरोकारवालाहरुलाई जागरुक गराउन थालेपछि गाविसको बजेट सार्वजनिक हुन थालेको हो ।
नीतिगत रुपमा गाविसको आय, व्यय सार्वजनिक गर्नु पर्ने भएता पनि कार्यान्वयनमा बजेट गाविसमा सार्वजनिक गर्ने चलन नरहेकोले सो कार्यक्रम सञ्चालन गरिएको बताईएका छ  । बजेट सार्वजनिक गरि जनतालाई गाविसको बजेट बारेको खुलाशा गर्न सहयोग गर्ने क्रममा गाविसहरुले बजेट सार्वजनिक गर्न थालेका हुन् । सोमबार मात्रै बाँकेका बागेश्वरी र साईगाउँ गाविसले गत आर्थिक वर्षकोे बजेट गाविसको सूचना पार्टीमा टाँस गरि सार्वजनिक गरेका छन् ।
बागेश्वरी गाविसका बिभिन्न सरोकारवालाहरुको रोहवरमा गाविस सचिव उत्तम सिँह सोंढीले बजेट सूचना पाटीमा टाँस गरि सार्वजनिक गरे । बासका कार्यकारी निर्देशक तथा मूख्य सामाजिक जवाफदेहिता अभ्यासकर्ता नमस्कार शाह र हेमराज भट्टको सो बजेट सर्वाजनिकरणमा उपस्थित थियो ।  बजेट सर्वाजनिकरणमा उपस्थित वडा नागरिक मञ्च वडानम्बर ३ का संयोजक खड्कबहादुर पुनले बजेट सार्वजनिक हुँदा सबै कुरा छर्लँग भएको बताए । गाविस सचिव सोंढीले बजेट सार्वजनिक गर्दा सन्तोष लागेको बताए । उता साईगाउँका गाविस सचिव ईश्वरकुमार बमले बजट सार्वजनिक गरेका थिए ।
बासका अध्यक्ष मन भण्डारी, केन्द्रीय सदस्य शिवकुमार बर्मा र सहायक सामाजिक जवाफदेहिता अभ्यासकर्ता शम्भु शाही सो बजेट सार्वजनिकरणमा उपस्थित थिए । यस भन्दा अघि उढरापुर र सोनपुरले बजेट सार्वजनिक गरि सकेका छन् ।


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगन्ज विमानस्थलको सुरक्षा बढाईयो

१७ श्रावण २०७३, सोमबार १४:१९
सदरलाइनडटकम १८ साउन, नेपालगन्ज : प्रहरीले नेपालगन्ज विमानस्थलको सुरक्षामा विषेश तालिम प्राप्त गरेका कमाण्डो सहित ‘डग स्क्वाड’लाई पनि परिचलन गर्न थालेको छ । अञ्चल प्रहरी कार्यालय भेरीका प्रमुख तथा प्रहरी वरिष्ठ उपरिक्षक धिरु बस्न्यातले नेपालगन्ज विमानस्थलमा सुरक्षाको लागि विमानस्थलसंबन्धी विषेश तालिम लिएका कमाण्डोलाई खटाईएको जानकारी दिए । उनले वर्षभरीमा करिव […]