युवा संघको महाधिवेशन ऐतिहासिक हुनेछ : इन्चार्ज सुमन पुरी

सदरलाइन संवाददाता २३ चैत्र २०७९, बिहीबार १३:१६
 

नेपालगञ्ज : राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष एवम् लुम्बिनी प्रदेश इन्चार्ज पुरीले नेपालगन्जमा हुन गईरहेको राष्ट्रिय महाधिवेशनलाई ऐतिहासिक रुपमा भव्य बनाईने बताएका छन् ।

लुम्बिनी प्रदेशमा भईरहेको राष्ट्रिय महाधिवेशनलाई भव्य रुपमा सफल पार्न प्रदेशबाट प्रतिनिधित्व गर्ने युवा संघका केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्यहरु अहोरात्र खटिनु भएको उनले जानकारी दिए ।

यहि चैत २७ देखि २९ गतेसम्म नेपालगञ्जमा हुने राष्ट्रिय युवा संघको नवौं राष्ट्रिय महाधिवेशनमा देशभरबाट आउने दुईहजार बढि प्रतिनिधिलाई खाने बस्ने र कार्यक्रमलाई भव्य बनाउन मञ्च व्यवस्थापन, प्रचार प्रसार लगायतको काम भईरहेको पुरीले बताए ।


महाधिवेशनलाई भव्यता पूर्वक सफल बनाउन नेकपा (एमाले) पार्टीसँग समन्वय गरेर तयारीका काम भईरहेको जानकारी दिँदै ‘राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समिति’ सह संयोजक पुरीले भने,‘लुम्बिनी प्रदेशको नेपालगञ्जमा हुन लागेको युवा संघको महाधिवेशनलाई भव्य रुपमा सम्पन्न गर्ने हाम्रो तयारी रहेको छ ।’

पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने महाधिवेशनको उदघाटन समारोहमा दशौं हजार जनता सहभागि हुने गरी कार्यक्रम तय भएको उनको भनाई छ । उनले प्रतिनिधि व्यवस्थापन, आवास तथा खाद्यान्न, यातायात जनपरिचालन समितिमार्फत महाधिवेशनको काम भईरहेको समेत जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अनेरास्ववियु बाँकेले बुझायो ज्ञापनपत्र

२३ चैत्र २०७९, बिहीबार १३:१६
कोहलपुर (बाँके) : अनेरास्ववियु बाँकेले कोहलपुर नगरपालिका भित्र विभिन्न किसिमका शैक्षिक समस्याहरु मध्यनजर गर्दै शिक्षा शाखालाई ज्ञापनपत्र बुझाएको छ । कोहलपुर नगरपालिका भित्र विभिन्न किसिमका शैक्षिक समस्याहरूलाई देखाउँदै उक्त समस्यालाई ७ दिन भित्र समाधान गर्नु पर्ने माग सहितको ज्ञापन पत्र बुझाएको हो । सो मागहरुलाई बेवास्था गरिएमा त्यस बाट पर्न […]