कोरोना परीक्षणमा ५२ संक्रमित थपिए

सदरलाइन संवाददाता १० आश्विन २०७७, शनिबार १६:४३
 

नेपालगञ्ज : बाँकेको दुईवटा प्रयोगशालामा गरिएको परीक्षणमा थप ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालको परीक्षणमा ४९ र बागेश्वरी डाइग्नोस्टिमा गरिएको परीक्षणमा ३ जना थपिएका हुन् । जसमध्ये बाँकेका १६ जना, बर्दियाका ३२ जना, सुर्खेतका ३ र अर्घाखाँचीका १ जनामा कोरोना पुष्टि भएको हो ।


जसमध्ये जिल्ला प्रहरी कार्यालय बर्दियाका १७ जना प्रहरी कर्मचारी रहेका छन् । पछिल्लो २४ घण्टामा भेरीले गरेको १ सय ५१ जनाका परीक्षण गर्दा ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको भेरी अस्पतालले जनाएको छ ।

Next Post

कोरोनामुक्त भई आइतवार २३ जना डिस्चार्ज

१० आश्विन २०७७, शनिबार १६:४३
नेपालगञ्ज : बाँकेबाट २३ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । खजुरा गाउँपालिकाका अध्यक्ष किश्मतकुमार कक्षपति, नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालका एक चिकित्सकसहित ११ महिला र १२ पुरुष गरी २३ जना कोरोनामुक्त भई आइतवार डिस्चार्ज भएका हुन् । योसँगै बाँकेमा कोरोनामुक्त भई डिस्चार्ज हुनेको संख्या १ हजार ४ सय ३४ […]