आदर्श मावि खजुराको पूर्व विद्यार्थी भेला

सदरलाइन संवाददाता १८ चैत्र २०७९, शनिबार १५:३७
 

खजुरा (बाँके) : बाँकेको खजुरास्थित आदर्श माध्यामिक विद्यालयको पूर्व विद्यार्थी भेला शनिबार सम्पन्न भएको छ । २०२९ सालमा स्थापित विद्यालयमा विभिन्न समयमा अध्ययन गरेका पूर्व विद्यार्थीहरुको सहभागिता रहेको भेलाले नयाँ बर्षको अवसर पारेर बैशाख ९ गते वृहद भेला तथा अन्तरक्रिया आयोजना गर्ने निर्णय गरेको छ ।

भेलामा विद्यालयका प्रधानाध्यापक राजेन्द्र सापकोटाले पूर्व विद्यार्थीहरु संगठित हुनु विद्यालयका लागि सकारात्मक रहेको भन्दै बढि भन्दा बढि विद्यार्थीलाई समाजमा समेटन सुझाव दिए ।


२०४५ सालमा प्रवेशिका उत्तिर्ण गरेका पूर्व विद्यार्थी बासुदेब तिवारीको अध्यक्षतामा भएको भेलामा पूर्व विद्यार्थीहरु विक्रम गिरी, निरज भट्ट लगायतले पुर्व विद्यार्थी समाजलाई बढिभन्दा बढि पूर्व विद्यार्थीको सहभागिता बनाई रचनात्मक काममा क्रियाशिल बन्नुपर्ने सुझाव दिए । भेलाले पुर्व विद्यार्थी गोविन्द शर्माको संयोजकत्वमा वृहद भेला तयारी समिति गठन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

‘काँग्रेस सरकारमा जानेमात्र नभई नतिजा देखिने गरी काम गर्नेछ’

१८ चैत्र २०७९, शनिबार १५:३७
नेपालगञ्ज : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काँग्रेसको उद्देश्य सरकारमा जानेमात्र नभई सरकारमा गएर नतिजा दिनेगरी काम गर्ने रहेको बताएका छन । नेपाली कांग्रेस बाँकेको प्रथम जिल्ला सम्मेलनलाई शनिबार दिउसो नेपालगञ्जमा सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन । उनले भने–‘ पाँच महिनाभित्र परिणाम दिने दिशामा सरकार अगाडि बढ्न नसके […]