सत्ता र पत्रकार मिलेर प्रजातन्त्रलाई मजबुत बनाउनु पर्छ : ब्रजेश पाठक

सदरलाइन संवाददाता ४ जेष्ठ २०८०, बिहीबार १४:१२
 

आगरा (भारत) : उत्तर प्रदेशका उपमुख्यमन्त्री ब्रजेश पाठकले पत्रकारिता प्रजातन्त्रको चौथो स्तम्भ भएकोले सत्ता र पत्रकारिताका प्रतिष्ठितहरु मिलेर दुबै बीचको दूरी समाप्त गरेर प्रजातन्त्रलाई मजबुत बनाउनु पर्नेमा जोड दिएका छन् । उनले यस्तो गरे मात्र देश र प्रदेशको प्रगति सम्भव हुने बताए ।

प्रेस क्लब अफ आगरा र उत्तर प्रदेश जर्नालिस्ट एसोसिएशनको सहयोगमा बुधवार आगरामा आयोजित इण्डो–नेपाल–बंगलादेश मीडिया कांक्लेव –२०२३ मा उप मुख्यमन्त्री पाठकले भीडियो सन्देशको माध्यमबाट यस्तो बताएका हुन् ।

होटल क्लार्क शिराजमा आयोजित उक्त सम्मेलनमा भारत, नेपाल र बंगलादेशबाट ७० भन्दा बढी पत्रकारहरुको सहभागिता थियो । सामयिक परिदृश्यमा मीडियाका चुनौतियाहरु र समाधानका विषयमा सम्मेलन आयोजना गरिएको थियो ।


कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय विधि एवं न्याय राज्यमन्त्री प्रो.एसपी सिंह बघेलले प्रतिस्पर्धा र टीआरपीको चक्करमा केही समाचारहरु अधुरो र तथ्यहीन प्रसारित, प्रकाशित गर्दा समाजमा गलत असर परिरहेको उल्लेख गरे ।

नेपालका पत्रकारहरुको स्वागत गर्दै उनले नेपालसँग हाम्रो रोटीबेटीको सम्बन्ध भएको बताए । उनले भाषा, संस्कृति, सभ्यता सबै नेपालसँग मिलेकोले हामी दुई भाई भएको उल्लेख गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

त्रिभुवन माविका शिक्षक आन्दोलित

४ जेष्ठ २०८०, बिहीबार १४:१२
कोहलपुर (बाँके) : बाँकेको कोहलपुरमा रहेको त्रिभुवन नमुना माध्यामिक विद्यालयका शिक्षकहरु आन्दोलित भएका छन् । विद्यालय प्रशासनले पुराना र लामो समयदेखी अध्यापन गराउँदै आएका पार्टटाइम करार शिक्षकलाई वेवास्ता गर्दै पूर्णकालीन करार शिक्षककालागि आवेदन खुल्ला गरेपछि शिक्षकहरु आन्दोलित भएका हुन । पहिलो दिन हातमा कालोपट्टी बाँधेर साँकेतिक बिरोध जनाएका शिक्षकहरुले चरणवद्ध […]

ताजा अपडेट