बाँकेमा शनिवार ३ जनामा कोरोना पुष्टि

सदरलाइन संवाददाता ३ पुष २०७८, शनिबार १६:०२
 

नेपालगञ्ज : बाँकेमा शनिवार थप ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका दुई वटा प्रयोगशालामा ३८ नमुना परीक्षण गर्दा ३ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालमा १६ नमुना परीक्षण गर्दा ३ जनामा भाइरस संक्रमण देखिएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रले जनाएको छ । यस्तै मेडिकल कलेज कोहलपुरमा २२ नमुना जाँच्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ । संक्रमण पुष्टि भएकामध्ये बाँकेका १ जना छन् ।


योसँगै बाँकेमा कूल संक्रमितको संख्या १८ हजार ४ सय ८९ पुगेको छ । यस्तै १ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १८ हजार १ सय २५ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जनमत अर्धसाप्ताहिकको कार्यक्रममा ३५ जनाद्वारा रक्तदान

३ पुष २०७८, शनिबार १६:०२
नेपालगञ्ज : नेपालगञ्जबाट विगत ४० वर्षदेखि प्रकाशित हुँदै आएको जनमत अर्धसाप्ताहिक पत्रिकाले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा स्वयम्सेवी रक्तदाताहरु पत्रकार, व्यवसायी, स्वास्थ्यकर्मी लगायत तीन जना महिला सहित ३५ जनाले रक्तदान गरेका छन् । ग्रेस ग्लोबल टे«डिङ प्रालि, कारकाँदौ चोक नेपालगञ्ज–१८ बाँकेको सहकार्यमा भएको रक्तदान कार्यक्रममा नेपाल घरेलु तथा […]

सम्बन्धित