सिटौलाको नेतृत्वमा नेपालगञ्जमा अप्टिमिस्ट क्लब

सदरलाइन संवाददाता ३ मंसिर २०७७, बुधबार १९:०६
 


नेपालगञ्ज  : आशा र सकारात्मक दृष्टिकोणलाई बढवा दिने उद्धेश्यले संसार भर क्रियाशिल अप्टिमिस्ट क्लव नेपालगञ्जमा गठन भएको छ । आशावादी सोचले असल युवा, असल समुदायका साथै समाजमा अग्रगामी रुपान्तरण ल्याउँछ भन्ने सोचका साथ अन्तराष्ट्रिय स्तरमा स्वयंसेवि संस्थाको रुपमा स्थापित अप्टिमिस्ट ईण्टरनेशनलमा आवद्ध हुने गरि नेपालगञ्जमा क्लब गठन भएको हो ।

नेपालमा बिराटनगर, दाँग, हेटौंडा, ईलाम, कञ्चनपुर, काठमाण्डौं, ललितपुर, मंगलवा, मोरंग, नवलपरासी, नवलपुर, पर्वत, पोखरामा गरि १६ वटा मात्रै क्लब रहेका छन् ।
१७ औं शाखाको रुपमा स्थापित अप्टिमिस्ट क्लब अफ नेपालगञ्जको अध्यक्षमा रमेश सिटौला सर्बसम्मत चयन भएका छन् । क्लबको उपाध्यक्षमा नमस्कार शाह, सचिवमा कमल शाही, कोषाध्यक्षमा किरण कार्की चयन भएका छन् भने निर्देशकमा कुमार अधिकारी, डाक्टर मञ्जु बि.सि. शाह र पूर्ण ढकाल रहेका छन् ।

सदस्यहरुमा लुना बुढाथोकी, मधुसुदन अधिकारी, डा. अभिषेक अर्जेल, देबिदत्त आचार्य, दिनेश भण्डारी, गिता खत्री, राम न्यौपाने, नन्दा घिमिरे, यमुना रोकाय, रेखा श्रेष्ठ, प्रभा थापा मगर, पवन आले, खिम प्रसाद घिमिरे र हंस बहादुर शाही रहेका छन् ।


क्लब स्थापना भएकै अवसरमा क्लबले आज जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रलाई १५ थान पिपिई सेट सहयोग हस्तान्तरण गरेको छ ।
आशावादको दर्शनलाई बिस्तार र बिकास गर्ने, असल सरकार र नागरिक मामिलाहरूमा आम नागरिकको सक्रियता अभिबृद्धि गर्ने, कानुनको सम्मान गर्ने, मित्रताको बिकास गर्ने, युवाहरुलाई प्रोत्साहन गर्ने, मानवताको भावनको बिकास गर्ने, आत्मनिर्भर समुदायका लागि काम गर्ने यस संस्थाका उद्धेश्यहरु रहेका छन् ।

Next Post

गैसस महासंघ बाँकेको पहलमा २ सय ५ सेट पिपिई उपलब्ध गराईयो

३ मंसिर २०७७, बुधबार १९:०६
नेपालगञ्ज  : बाँकेमा कोरोना संक्रमितको उपचारको लागि आवश्यक स्वास्थ्य सामग्रीको अभाव हुन थालेको छ । संक्रमितको संख्या थपिदै जाँदा उपचारको लागि आवश्यक पर्ने पिपिई जस्ता स्वास्थ्य सामग्री अभाव हुन थालेको हो । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँके मार्फत गैर सरकारी संस्था महासंघ नेपाल, बाँकेको संयोजनमा विभिन्न संस्थाहरुबाट संकलन गरिएको […]