बाँके क्षेत्र नं. १ र ३ मा बाम गठबन्धनको कब्जा

२४ मंसिर २०७४, आईतवार २२:३५
 

सदरलाइनडटकम
२४, मसिर, नेपालगन्ज : गत मंसिर २१ गते भएको निर्वाचनमा बाँकेको निर्वाचन क्षेत्र नं. १ र ३ मा बामगठबन्धनले आफ्नो कव्जा जनाएको छ । ३ निर्वाचन क्षेत्र रहेको बाँकेमा दुई प्रतिनिधि सभा र ४ प्रदेश सभामा निर्वाचित भएका छन् ।
बाँके निर्वाचन क्षेत्र नं. ३ मा बाम गठबन्धनले तीनै सिटमा कब्जा जमाएको छ । एमालेका नन्दलाल रोकायले ३१ हजार ५ सय १७ मत सहित बिजयी भएका छन् उनका प्रतिस्पर्धी काङ्ग्रेसका बादसाह कुर्मि २६ हजार ६ सय १७ मतमै सिमित रहे ।
प्रदेश सभा ३ क मा नेकपा माओवादी केन्द्रका उम्मेदवार इन्द्रप्रसाद खरेलले १६ हजार ६ सय ७५ मत प्राप्त गरी विजयी भएका छन् । खरेलका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका चन्तराम थारुले १४ हजार ९१ मत प्राप्त गरे । प्रदेस सभा ३ ख बाट बाम गठबन्धनका बाबुराम गौतम (एमाले) ११ हजार ८ सय ७७ मत ल्याएर विजय भए उनका निकटतम प्रतिद्वन्दी कांग्रेसका लक्ष्मीनारायण शाहले ७ हजार ५ सय ६२ मत पाए भने बामगठबन्धनकै विद्रोही स्वतन्त्र उम्मेदवार बिजय पाठकको ४ हजार २ सय ४० रहेको छ ।
यता बाँके निर्वाचन क्षेत्र नं. १ प्रतिनिधि सभामा महेश्वर गहतराज अथकले ३१ हजार १ सय ७३ मत ल्याई विजयी भएका छन् । लोकतान्त्रिक गठबन्धन नेपाली कांग्रेसका माधवराम खत्रीले २८ हजार २ सय १७ मत पाएका थिए ।
प्रदेश सभा १ क मा बाम गठबन्धनका कृष्णा केसी नमूना विजयी भएकी छन् । उनले १३,४३६ मत ल्याई विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनका सरद चन्द्र बर्माले १०,२४० ल्याएका छन् । यसैगरी प्रदेस सभा १ ख बाट बामगठबन्धनबाट नेकपा एमालेकी आरती पौडेलले १९ हजार ३ हजार ८९ विजयी उनका निकटतम प्रतिव्दन्दी लोकतान्त्रिक गठबन्धन नेपाली कांग्रेसका नारायणप्रसाद पौेडेलले १५ हजार २ सय ५ मत प्राप्त गरेका थिए ।

 


 

 

Next Post

बाँके क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य मोहम्मद इस्तियाक राईले भने ‘साम्प्रदायिकताको राजनीति अन्त्य हुन्छ’

२४ मंसिर २०७४, आईतवार २२:३५
सदरलाइनडटकम   २५ मंसिर, नेपालगन्ज : वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनको चुनौतीलाई पछारेर निर्वाचित भएका बाँके क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य मोहम्मद इस्तियाक राईले जातियता र धार्मिक नारा लगाएर राजनीति गर्ने दिनको अन्त्य हुने बताएका छन् । संघिय समाजवादी फोरम नेपालबाट निर्वाचित भएका राईले सोमबार बिहान बाँकेमा पत्रकार सम्मेलन गरी […]