भेरी अस्पतालका डा. रिसाललाई मातृ शोक

सदरलाइन संवाददाता १७ चैत्र २०७८, बिहीबार १२:३८
 

नेपालगञ्ज : भेरी अस्पताल नेपालगञ्जका वरिष्ठ फिजिसियन डा संकेत रिसाललाई मातृ शोक परेको छ ।

उनकी ममतामयी आमा सुशीला शर्माको ८३ वर्षको उमेरमा निधन भएको छ । नेपालगञ्ज उपमहानगरपालिका –१२ स्थित आफ्नै निवासमा बुधवार राती ११ः०३ बजे निधन भएको हो ।

उनी लामो समयदेखि सुगर र प्रेसर रोगबाट पीडित थिइन् । पछिल्लो समय मृगौला रोगबाट समेत पीडित रहेको बताइएको छ ।


प्रजातान्त्रिक आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेकी सुशीला बर्दियास्थित नेपाली काँग्रेसका पूर्व जिल्ला सभापति स्वः ज्ञानराज शर्माकी धर्मपत्नी हुन् ।

उनका ३ छोरा र ४ छोरी छन् । स्व. सुशीलाको बिहीवार बाँकेको राप्तीनदि स्थित कम्दिघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मुख्यमन्त्री शाहीद्वारा प्रदेश रङ्गशालाको अनुगमन

१७ चैत्र २०७८, बिहीबार १२:३८
नेपालगञ्ज : कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले निर्माणधिन प्रदेश रङ्गशालाको अनुगमन गरेका छन् । बिहीबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा निर्माणधिन प्रदेश रङ्गशालकाको अनुगमन गरेका हुन् । मुख्यमन्त्री शाहीले रङ्गशालाको अनुगमन गर्दै निर्माणको काम निरन्तर गर्न र समयमै सक्नेगरि गर्न आग्रह गरे । उनले पछिल्लो रङ्गशाला निर्माणको कामलाई बेला–बेला अनुगमन गर्दै आएको […]